२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतका अम्बानी संसारकै सर्वाधिक धनाढ्य मालिक

८ चैत्र २०७५, शुक्रबार ०२:१२

चैत ८, काठमाडौँ | मार्चको पहिलो साता विश्वप्रसिद्ध अमेरिकी म्यागाजिन फोर्ब्सले संसारभरका खेल टिमहरुका सर्वाधिक धनाढ्य मालिकहरुको सूची जारी गरेको थियो । जसमध्ये यसैसाता आफ्नो भाइको करोडौँ डलर ऋण तिरेर जेल जानबाट जोगाएका भारतीय धनाढ्या व्यवसायी मुकेश अम्बानी यस वर्षको उक्त सूचीको शीर्ष स्थानमा रहेको छ । मुकेश इन्डियन प्रिमियर लिग (आईपीएल)को अहिलेसम्मका सर्वाधिक विजेता मुम्बई इन्डियन्स टिमका मालिक हुन् ।

ग्यास र तेल प्रशोधन तथा टेलिकम ब्यवसायमा साम्राज्य खडा गरेका अम्बानी अहिले खेलजगतमा पनि छाएका छन् । फोब्र्सले हालै प्रकाशित कुल २० जना खेल टिमका सर्वाधिक धनाढ्यको नाम सार्वजनिक गरेको थियो । सूचीमा एनबीए टिम लस एन्जेल्स क्लिपर्सका मालिक स्टीभ बालमर दोस्रो र अटो रेसिंग टिम रेडबुल फर्मूला वानका मालिक डिएट्रिच माटेशिट्ज तेस्रो स्थानमा छन् ।

यी बाहेक आइस हकी टिमका सन जोस शार्कका मालिक हासो प्लेटनर एन्ड फेमिली, चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिच र केरोलिना प्यान्थर्स टिमका मालिक डेभिड टेपेर पनि सूचीकृत छन् ।

सूची अनुसार गत वर्षको तुलनामा यसपटक १३ टिमका मालिकहरुको सम्पत्ति वृद्धि भएको छ । यस्तै पाँच जनाको सम्पत्तिमा ह्रास आउँदा दुई टिमको सम्पत्ति भने स्थिर नै रहेको छ । ५ दशमलव ७६ लाख करोड नेपाली रुपैयाँ बराबरको सम्पत्ति भएका अम्बानीले सन् २००८ मा मुम्बई इन्डियन्स टिम खरीद गरेका हुन् । 

- यो समाचार कविरम शर्माले नेपाल समाचापत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने