2026-09-20 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतका अम्बानी संसारकै सर्वाधिक धनाढ्य मालिक

चैत ८, काठमाडौँ | मार्चको पहिलो साता विश्वप्रसिद्ध अमेरिकी म्यागाजिन फोर्ब्सले संसारभरका खेल टिमहरुका सर्वाधिक धनाढ्य मालिकहरुको सूची जारी गरेको थियो । जसमध्ये यसैसाता आफ्नो भाइको करोडौँ डलर ऋण तिरेर जेल जानबाट जोगाएका भारतीय धनाढ्या व्यवसायी मुकेश अम्बानी यस वर्षको उक्त सूचीको शीर्ष स्थानमा रहेको छ । मुकेश इन्डियन प्रिमियर लिग (आईपीएल)को अहिलेसम्मका सर्वाधिक विजेता मुम्बई इन्डियन्स टिमका मालिक हुन् ।

ग्यास र तेल प्रशोधन तथा टेलिकम ब्यवसायमा साम्राज्य खडा गरेका अम्बानी अहिले खेलजगतमा पनि छाएका छन् । फोब्र्सले हालै प्रकाशित कुल २० जना खेल टिमका सर्वाधिक धनाढ्यको नाम सार्वजनिक गरेको थियो । सूचीमा एनबीए टिम लस एन्जेल्स क्लिपर्सका मालिक स्टीभ बालमर दोस्रो र अटो रेसिंग टिम रेडबुल फर्मूला वानका मालिक डिएट्रिच माटेशिट्ज तेस्रो स्थानमा छन् ।

यी बाहेक आइस हकी टिमका सन जोस शार्कका मालिक हासो प्लेटनर एन्ड फेमिली, चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिच र केरोलिना प्यान्थर्स टिमका मालिक डेभिड टेपेर पनि सूचीकृत छन् ।

सूची अनुसार गत वर्षको तुलनामा यसपटक १३ टिमका मालिकहरुको सम्पत्ति वृद्धि भएको छ । यस्तै पाँच जनाको सम्पत्तिमा ह्रास आउँदा दुई टिमको सम्पत्ति भने स्थिर नै रहेको छ । ५ दशमलव ७६ लाख करोड नेपाली रुपैयाँ बराबरको सम्पत्ति भएका अम्बानीले सन् २००८ मा मुम्बई इन्डियन्स टिम खरीद गरेका हुन् । 

– यो समाचार कविरम शर्माले नेपाल समाचापत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो