२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालक प्रयास कुँवर हत्यामा संलग्न जीवित रहेसम्म कैद बस्नुपर्ने फैसला

२०७५, ८ चैत्र शुक्रबार ०२:४२

चैत ८, काठमाडौँ | गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । 

बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको हो । अपहरणपछि हत्याको कसुरमा आजीवन कैद सजाय सुनाइएको अपराध संहिता लागू भएपछि सम्भवतः यो पहिलो घटना हो । 

यसअघि कास्की जिल्ला अदालतले बलात्कारपछि हत्याको घटनामा कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको थियो । 


आजीवन कैदको सजाय अनुसार व्यक्ति जीवित रहेसम्म कैदमै बस्नुपर्नेछ । फौजदारी संहिताको दफा ४१ बमोजिम आजीवन कैदको सजाय सुनाइएका कसुरदार जीवित रहेसम्म कैदमा रहनुपर्नेछ । सार्कीलाई प्रयासको अपहरण गरी ज्यान मारेको अभियोगमा संहिताको दफा ४१ (ग) बमोजिम आजीवन कैदको सजाय सुनाइएको हो ।

- गोरखापत्र दैनिकमा खबर छापिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी