२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरिबास्सैबाट धुर्मुस-सुन्तली पछी बल्छि र राजुमास्टर पनि बाहिरिए

१० चैत्र २०७५, आईतवार ०८:१८

आर्टिष्ट खबर | चैत १०, काठमाडौं । बिगत लामो समय देखी नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘मेरिबास्सै’बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन् । निर्माण कम्पनी मिडिया हवसँग बिभिन्न कुराहरुमा सहमति हुन नसक्दा बाहिरिएको बल्छिले जानकारी दिएका छन् । 

‘मिडिया हबसँग विभित कुरामा सहमती हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भयका छौँ । यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गएको असर प्रति क्षमाप्रार्थी छौँ।’, बल्छिले आफ्नो फेसबुकमा लेखेका छन् । सिताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्नेबुढा)ले हात झिकेपछि बल्छि र राजुमास्टरले लेखन तथा निर्देशनको काम सम्हाल्दै आएका थिए । अहिले केहिबर्ष पछि उनीहरुले पनि हात झिकेसँगै अब मेरिबास्सैमा बल्छि र राजुमास्टरलाई देख्न पाइनेछैन । 

‘हामी अब छिट्टै नै बल्छि र राजुमास्टरकै भेषमा अर्को सिरियल लिएर आउनेछौं, दर्शकले हामीलाई मेरिबास्सैकै भेषमा देख्न पाउनुहुनेछ’ बल्छिले आर्टिष्ट खबरसँग कुरागर्दै भने । बल्छिले आफूहरु स्क्रिप्ट राइटर भनेको खुल्ला आकाशमा उड्ने चरा जस्तै भएको बताएका छन् । उनको स्टाटसको आशय अनुसार निर्माण कम्पनीले केहि कुरामा बन्देज गरेको बुझिन्छ । ‘एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुनदिसामा नि आफ्नो पखेटा फैलाएर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर हरुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौ।’ बल्छिले लेखेका छन् । 

आज (आइतबार) मेरिबास्सैको छायांकन बल्छि र राजुमास्टरको अनुपस्थितीमा भइरहेको छ । बुझिए अनुसार अब मेरिबास्सै मनराज श्रेष्ठले निर्देशन गर्नेछन् । अब आउने मंगलबारको मेरिबास्सैको भाग ५९५ बाट बल्छि र राजुमास्टरलाई देख्न पाइनेछैन ।

यो पनि 

मेरी बास्सैमा हालसम्म को-को जोडिए ? मुख्य पात्रहरुको वास्तविक नाम र मेरीवास्सैमा चिनिएका नाम सहित

केदार घिमिरे (माग्ने बुडो, चौध्घरे दादा)

सुनिता गौतम'बज्र्गाई' (मुइया, माग्ने बुडाको पत्नी)

सुरज चापागाई (बान्द्रे, मुइयाको भाई)

सिताराम कट्टेल (धुर्मुस, सुन्तलीको पती, वडा अध्यक्ष, गाउको मुख्या, खड्गा जी, अप्सराको पती, खडानन्द गुरु, मुस्कान पासा, फातौरी बुडीलाई मन पराउने, आइते झुम्रीको पति र अरु नि थुप्रै पात्रमा आधारित)

कुञ्जना घिमिरे (सुन्तली, धुर्मुसको पत्नी, झुम्री, आइतेको पात्नी, फातौरी बुडी)

सुरबीर पण्डित (दार्ही बुडो, धुर्मुसको पिता)

विल्सन बिक्रम राई (तक्मे बुडा)

निरु खड्का (ठ्यास कुमारी, धुर्मुसको दिदि)

सुलेमान शंकर (इकु)

राम चन्द्र अधिकारी (गोक्ते काजी, गाउँको सबभन्दा धनी)

सुरेन्द्र केसी (मुला साग, सुन्तलीको पिता)

पल्पासा डंगोल ( चम्सुरी, सुन्तलीको आमा)

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे, माछा पालन समूहको आध्यक्ष) 

राजु पौडेल (राजु मास्टर, माग्ने बुडाको दाजु)

अंजू थापा (राजु मास्टरको पत्नी)

लक्ष्मी श्रेष्ठ (अप्सरा, खड्का जी को पत्नी)

कुमार श्रेष्ठ (फर्सीलाल, ठ्यास कुमारीलाई मन पराउने)

बुद्दी तामांग (हुमाने)

रजनी गुरुङ (मंगाली, हनुमाने को पत्नी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा