२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोहोरो वायुले प्रि–मनसुन सक्रिय, बुधबार पनि दोहोरिने

१३ चैत्र २०७५, बुधबार ०४:०८

चैत १३, काठमाडौँ | स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी ‘प्रिमनसुन’ को प्रभाव परेको छ । यही प्रभावका कारण मंगलबार बिहानैदेखि राति अबेरसम्म पनि मेघ गर्जनसहित मध्यम र हल्का वर्षा भएको छ । 

सोमबार भित्रिएको पश्चिमी वायु र नेपालभित्रै विकसित भएको मौसमी प्रणालीले मंगलबार दिनभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधाङ्गले बताए । 

‘सामान्यतया प्रि मनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर क्षणिक वर्षा हुने गर्छ, तर मंगलबार भने दुईवटा मौसमी प्रणालीले गर्दा बिहानैदेखि मेघ गर्जनसहित वर्षा भयो’ उनले भने । 

मंगलबार सक्रिय बनेको प्रिमनसुन बुधबार बिहानैदेखि कमजोर हुने र मुलुकको पूर्वी भेगबाहेक अन्यत्रको मौसम सफा हुने उनले बताए । तर अपरान्ह्पछि मुलुकका केही भू–भागमा क्षणिक वर्षाको गतिविधि भने दोहोरिने बताउँदै प्रधाङ्गले भने, ‘अहिले प्रिमनसुनको समय भएकोले यस्तो गतिविधि दोहोरिनु स्वभाविक हो ।’ 

- यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने