२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमिकाको हत्या गरि हातखुट्टा बाँधेर कोशी बगाईदिए, २६ दिनपछि भेटियो शव

१३ चैत्र २०७५, बुधबार १४:२५

चैत १३, विराटनगर । मोरङ जिल्लाको बेलबारी वार्ड नम्बर ४ कि रमिला राईको शव २६ दिनपछि सप्तकोशी नदीमा फेला परेको छ । बुधवार माछा मार्ने क्रममा स्थानीयले सेतो बोराभित्र शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

रमिला फागुन १७ गते शुक्रबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको हत्या आरोपमा पक्राउ परेका नेकपा मोरङका स्थानीय नेता योगेन्द्र गुरुङको बयानका आधारमा रमिलाको शव खोजिरहेको थियो । तर, भेटाउन सकेको थिएन । 

मोरङका प्रहरीले कोशी नदीमा शव भेटिएपछि पोष्टमार्टमका लागि पठाएको छ । गुरुङले गत फागुन १७ गते शुक्रवार मध्यरातमा २६ वर्षीया राईको हत्या गरी शव सप्तकोशीमा फालेको स्वीकार गरेका थिए ।  हत्या स्वीकारेपछि प्रहरीले कोशी ब्यारेज केन्द्रित भएर शवको खोजी गरेको थियो तर भेट्न सकेको थिएन । 

हत्या भएकी रमिला गुरुङकी प्रेमिका हुन् । दुवै विवाहित हुन् तर रमिला श्रीमानसँग डिभोर्स भएर माइतीमा बस्दै आएकी थिइन् । 

रमिला बेपत्ता भएको उजुरी आएपछि अनुसन्धानका क्रममा प्रहरीले फागुन २४ गते गुरुङलाई इलामबाट पक्राउ गरेको थियो । बयानका क्रममा गुरुङले रमिलाको हत्या गरेर बा१५च ७९१६ नम्बरको आफ्नै कारमा राखेर शव कोशी ब्यारेज पुर्‍याएर फालेको बताएका थिए ।

गुरुङले दिएको बयान र मृतकको अवस्था मिलेको प्रहरीले जनाएको छ । गुरुङले बयानमा भने जस्तै रमिलाको शव बोरामा भेटिएको थियो । शव हातखुट्टा बाँधेको अवस्थामा कोशी ब्यारेजको सप्तरीतर्फको ५२ नम्बर ढोकामा भेटिएको प्रहरीले जनाएको छ । 


हत्या भएको दिन राई र गुरुङ सुन्दरहरैँचाको विराटचोकस्थित हवना रेष्टुरेण्टमा गएको खुलेको छ। त्यहाँ मादक पदार्थ सेवन गरेर शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किएका थिए। उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडेपछि रमिलालाई भने गाडीमै लिएर घरतर्फ गएका थिए। त्यसपछि गुरुङले रमिलाको हत्या गरेको बुझिएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका राई र गुरुङबीच मादक पदार्थ सेवन गर्दा विवाद भएपछि हत्या गरेको गुरुङले दिएको बयानमा भनिएको छ ।

रमिलाको खोजी गर्न भन्दै गुरुङले समेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर ‘गर्लफ्रेन्ड’ हराएकाले तनाव भएको बताएका थिए । १८ गते रमिलाको घर पुगेका गुरुङले प्रहरीलाई हुलिया र हराएको निवेदन लेख्न लगाए । उनले पनि प्रहरीलाई टेलिफोन गरी खोजी गरिदिन आग्रह गरे । तर, आफूमाथि अनुसन्धान केन्द्रित हुन थालेपछि गुरुङ भागेर इलाम पुगेका थिए । इलामबाट पक्राउ परेपछि भने उनले हत्या गरेको स्वीकार गर्दै बयान दिएका थिए ।

घटना भएको दिनको एक ‘सीसीटिभी फुटेज’ हेरेपछि घटनामा गुरुङको संलग्नता रहेको देखाएको थियो । १७ गते राति ११ बजे घर आएको बताएका गुरुङको गाडी राति साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको सीसी क्यामेरामा देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द