2026-10-30 08:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातै प्रदेशमा पर्यटन विश्वविद्यालय स्थापना गर्न नाट्टाको माग

चैत १५, काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)ले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेशमा‘पर्यटन विश्वविद्यालय’ स्थापना गर्न माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बिहीबार भेटेर पर्यटन क्षेत्रको समग्र विकासका लागि सातै प्रदेशमा‘पर्यटन विश्वविद्यालय’आवश्यक रहेको बताएको हो । 

नाट्टाले एकमात्र विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र पर्यटन भएकाले यसको विकास र विस्तारका लागि मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएको हो । नाट्टाले तिब्बत, मानसरोवर, कैलाश जाने यात्रुको भुक्तानी अमेरिकी डलरमा लिन पाउने व्यवस्था मिलाउनुपर्ने, पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा मान्यता दिनुपर्ने, बन्द, हड्तालमा निर्वाध रूपमा पर्यटक सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने, त्रिभुवन विमानस्थलमा हुने एयर ट्राफिक कम गर्ने व्यवस्था गर्न माग गरेको छ । 

यस्तै, वैकल्पिक विमानस्थल चाँडो सञ्चालन गर्नुपर्ने, पर्यटक बसपार्क निर्माण गर्नुपर्ने, पर्यटकलाई अनलाइन भिसाको व्यवस्था मिलाउनुपर्ने, छ न्यारोबडी र चार वाइडबडी विमान भित्र्याउनुपर्ने, हवाई सेवा पार्किङलाई सहज बनाउनुपर्ने लगायतका मागसमेत नाट्टाले राखेको छ । 

नाट्टाका अध्यक्ष सिएन पाण्डेले नेपाल भ्रमण वर्ष सफल बनाउन आफूहरुले राखेका मागलाई पूरा गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । “हामीहरुले राखेका माग पूरा भए पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी धेरै मात्रामा भित्रिन्छ”, उहाँले भन्नुभयो । 

भेटपछि मन्त्रालयका सचिव सापकोटाले नेपाल भ्रमण वर्षमा धेरै विदेशी पर्यटक भित्र्याउनका लागि चाहिने पूर्वाधार र नीतिगत निर्णय पूरा गर्न सरकार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “निजी क्षेत्रको सहयोगविना नेपालको पर्यटन क्षेत्रको विकास सम्भव छैन”, उहाँले भन्नुभयो । 

नेपाल भ्रमण वर्षलाई सफल पार्न नाट्टाले विभिन्न कार्यक्रम अगाडि सारेर अगाडि बढेको नाट्टाका सह-कोषाध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ