२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रियंका र निकको बिहे भएको ४ महिनामै सम्बन्धविच्छेद ?

१७ चैत्र २०७५, आईतवार ०५:३७

चैत १७, मुम्बई । बलिउडकि अभिनेत्री तथा हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले गत डिसेम्बरमा अमेरिकी पप गायक निक जोनससँग बिहे गरिन् । राजस्थानको जोधपुर शहरमा बिहे गरेका प्रियंका र निकको विवाहले लामो समयसम्म सञ्चार माध्यममा चर्चा पाइरह्यो ।

लगभग ११ वर्षको वर्ष जेठी प्रियंकासँग विवाह बन्धनमा बाँधिएका २५ वर्षिय निक विवाहका हरेक तस्बिरमा प्रियंकासँगसँगै हरेक पलमा भाइरल भइरहे । उनीहरुको विवाहपछि हरेक सयम सञ्चार माध्यमको नजरमा परिरहेका प्रियंका र निकको विवाह भएको ४ महिना मात्रै पुगेको छ । तर, ४ महिना नबित्दै यी दुईको बीचमा टकराव भएको हल्ला चलेको छ ।


एक भारतीय म्यागाजिनका अनुसार यी दुईको बीच आजभोलि मनमुटाव सुरु भएको छ । र दुवैले छुट्टिने निर्णय लिने सोचमा रहेको बताइएको छ । सुत्रको अनुसार उनीहरुको बीचमा हरेका कुरामा लडाईं झगडा सुरु भएको छ । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार उनीहरुको झगडाको पछाडि हतारमा विवाह हुनु हो ।

सुत्रको भनाईलाई उद्धृत गर्दै पञ्जाव केशरीले लेखेको छ, निकले विवाहअघि प्रियंका समझदार युवती भएको महसुस गरेपनि विवाहपछि उनको व्यवहार ‘कन्ट्रोलिङ’ भएको आरोप लगाएका छन् ।

यद्यपि, प्रियंका निकट साथीभाईले यो समाचार हल्ला मात्रै भएको उल्लेख गरेका छन् । उनीहरु सुखी जीन्दगी विताइरहेको उनीहरुको दाबी छ । उनीहरु यतिबेला जोनस परिवारसँग मियामीमा छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा