2026-09-16 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अरवले त नेपाललाई पैसा दिएको छ तर अन्य देशले त नेपालसँग लुटिरहेका छन्’

चैत १८, काठमाडौँ | दैनिक हजार भन्दा बढी युवाहरु नेपालमा रोजगारी तथा व्यवसाय सम्भावना नभएको भन्दै बैदेशिक रोजगारीमा जाने गरेका छन् । तर काठमाडौँको बसुन्धारा स्थित जन्मिएका प्रदीप गिरि भने अष्ट्रेलिया र कतार एएरवेजको जागिर समेत छाडेर नेपालमै कृषि उद्द्मी बन्ने सपना सहित सनकिष्ट एग्रीकल्चरल ग्रुप नामक कम्पनी खडा गरि ठूलो महत्वाकांक्षा सहित काम गर्दैछन् । 

झन्डै १० महिना अघि नेपाल फर्केका गिरिले आफूजस्तै अन्य ६ जना साथीहरुसँगको सहकार्यमा कम्पनी संचालन गरिरहेका छन् । उनि सहकारीमा पनि आवद्ध छन् । हरेक महिनाको २ पटकसम्म बैठक बसेर कार्य सम्पादनको महत्वपूर्ण बिषयमा छलफल गर्दै त्यसै छलफललाई व्यवहारमा उतार्छन । गिरि पछिल्लो समय काठमाडौँको बजारमा भारतबाट आयात हुने खसीको निर्यातलाई चुनौती दिदै जाने उध्यश्यले देशका बिभिन्न स्थानमा आफै पुगेरै खसी ल्याई काठमाडौँको बजारमा बिक्रि गर्ने काम गरिरहेका छन् । तर यो उनको दिर्घकालिन लक्ष्य भने होइन । उनिहरुको कम्पनीले देशको कृषि क्षेत्रमा गन्यमान्य स्थान लिने सोच बनाएर काम सुरु गरेको छ । अहिले गिरीले बिशेष गरि हिमाली तथा पहाडी भेगका खसी ल्याई बिक्रि गर्ने गरेको बताउँछन् । 

बिदेशी निर्यातलाई रोकेर आफ्नो देशको पैसा आफ्नै देशमा रोक्न सके मात्र देशले काचुली फेर्छ भन्ने सोच राखेर काम गर्दै गरेका प्रदीप आफूजस्तै अन्य युवाले सक्रिय रुपमा स्वदेशमै काम गर्ने हो भने छिमेकी वा तेश्रो मुलुकबाट हुने आयात घटाउन सकिने बताउछन । मुलुकबाट खसी लगायत नेपाललाई चाहिने अन्य अत्यावश्यक वस्तु आयातमा नभई आफ्नै देशलाई आत्मनिर्भर बन्नमा केन्द्रित हुनुपर्छ भन्ने कुरा उनले आफूजस्तै अन्य युवालाई पनि पाठ सिकाउछन् । उनको देशसँग लिने अधिकार भन्दा बढी देशप्रति आफूले गर्ने कर्तव्यले महत्व राख्छ भन्ने सोच निकै सकारात्मक र अनुकरणीय छ  । 

देश-विदेशको हण्डर ठक्कर खाएर नेपालमै सम्भावना छ भन्ने सोच लिदै काम सुरु गरिसकेका गिरी र उनको जाँगर त्यसमा पनि काठमाडौँ जस्तो ठाउँमा अन्यले घर भाडामा लगाएर त्यहि भाडाले परिवार धानिरहेका बेला उनको घरमा भने बाख्राको खोर बनाइएको छ । अरुको घर भन्दा कम छैन उनको घर तर पनि उनले अरुलाई भाडामा दिएर बसीबसी घरभाडा लिएर बस्नुभन्दा पनि ठूलो कृषि उद्धमी बन्ने सपना लिएर काम गर्दै गरेको देख्दा जो कोहि पनि अचम्मित हुन्छन् नै  । त्यसमा पनि उनले देखाएको राष्ट्रभाव र युवाहरुको कर्तव्य बोध चानचुने छैन । 

प्रदीपको अर्को अनुकरणीय कुरा के पनि छ भने उनले राज्यबाट केहि लिएका छैनन् तर पनि राज्यलाई नकारात्मक आँखाले हेरेका छैनन् । हामीले लिएको अन्तर्वार्ता भरि उनले देशको सकारात्मक पक्षको मात्र कुरा गरे  । उनको अभिव्यक्तिमा कहिँ कतै राष्ट्रप्रति गुनाशो देखिएन । अरु युवाले झैँ यो देशमा केहि सम्भावना छैन भनेर पनि उनले भनेनन् बरु हामीले केहि गर्यो भने मात्र देश/विदेशले आफ्नो सम्मान गर्ने भन्दै नैतिक पाठ सिकाएका छन् । उनीसँग गरेको कुराकानी तलको भिडियोमा हेर्न सकिन्छ  ।

उनले खाडी र मलेसियाले नेपाली युवालाई आफ्नो देशमा रोजगार दिएर नेपालको रेमिट्यान्स क्षेत्रमा ठूलो प्रभाव पारेको बताए तर अमेरिका, अष्ट्रेलिया जस्ता देशले नेपालबाट बिभिन्न नाममा देशका युवा सहित पैसा पनि लगेको बताए  ।

अहिले पहिलो चरणमा उनको कम्पनीले बाख्रा पालन तथा मासु व्यापारको काम गरिरहेको छ  । बिभिन्न जिल्लाबाट खसी ल्याई उनले काठमाडौँमा बिक्रि गर्ने काम गरेका छन् । एकै पटक ठूलो उद्धमी बन्न नसके पनि बिस्तारै-बिस्तारै आफ्नो कामको क्षेत्रलाई फराकिलो बनाउदै लैजाने प्रदीपको सोच छ । 

आफ्नो देशमा उत्पादन भएको उपभोग्य बस्तु त्यसै खेर जाने वा नबिक्ने डरले कृषक हतोत्साहित भईरहेको अवस्थामा प्रदीप जस्तै युवाहरुले यसरीनै काम गर्ने हो भने केहि हदसम्म देशले बिभिन्न उपभोग्य वस्तुमा गर्दै गरेको आयातलाई घटाई आफ्नो देशको पैसा आफ्नै देशमा जम्मा गर्दै समृद्ध बन्न सकिन्छ भन्ने संदेश दिन्छ । विदेशबाट निर्यात बिस्तारै आफ्नो कामलाई व्यवस्थापन गर्दै काठमाडौँ सहित सातै प्रदेशमा आफ्नो कम्पनीले काम गर्ने उनको सपना छ । 

सरकार र राजनीति बारे निकै सकारात्मक सोच राख्ने गिरिको कामप्रति हाम्रो समेत ध्यानाकर्षण भएपछी हामीले उनको काम तथा बिबिध बिषयलाई जोडेर यो अन्तर्वार्ता तयार पारेका हौँ | यो अन्तर्वार्ता प्रदीपकै बाख्रा फार्म (खोर) मा बसेर लिईएको हो ।

भिडियो हेर्नुहोस्  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल