पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत १९, काठमाडौं | एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । यो तीन वर्षको अनुसन्धार ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको हो ।<br></p><p>यो इटालियन क्रिस्टल बोतलमा राखिएको छ । यसलाई सुनको बाँज, अरेबियन घोडा, गुलाफ, ३ हजार पाँच सय ७१ हिरा, ३८.५५ क्यारेटको मोती, १८ क्यारेटको २.५ किलो सुन र ५.९ किलो खसली चाँदीबाट सजाइएको छ । यो बोतल छालाको सोफामा झन्डै २ मिटरको उचाई रहेको छ ।</p><p>यसका सर्जक विलासी अत्तरको बा्रन्ड नाबिलको अंशका रुपमा रहेको ‘द स्पिरिट अफ दुबईले बोतल जनावरको चित्रबाट सजाइएको र यसमा अत्तरका अंशहरु रहेको जनाइएको छ । यसले दुबईको कथा बताउने पनि यसका सर्जकले बताएका छन् । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ । </p>

