Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपालले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्‍याउने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १९, काठमाडौँ | नेपाल दुरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड कनेक्सन भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्‍याउने भएको छ ।

प्राधिकरणले भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने भएको हो ।

समुन्द्रसम्म भएको इन्टरनेट केबलसम्म नेपालबाट सीधै इन्टरनेट कनेक्सनको लागि सम्भाव्यता अध्ययन गराउन लागेको छ ।

त्यसका लागि प्राधिकरणले सोमबार सूचना प्रकाशन गर्दै इच्छुक कम्पनीसँग परामर्शदाताका रुपमा काम गर्न प्रस्ताव माग गरेको छ ।

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।