पढ्न करिब 1 मिनेट लाग्छ

चैत २०, बेइजिङ | राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन् । भ्रमणलाई राजकीय वा औपचारिक कुन सम्मान दिने टु्ंगो लागिसकेको छैन । अघिल्ला सम्झौता केलाउनेदेखि नयाँ परियोजना तयारीसम्मको काम काठमाडौंमा भइरहेको अनौपचारिक जानकारी बेइजिङस्थित नेपाली दूतावासले पाएका छन् ।

राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ समकक्षी सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको स्रोतले जनायो । चिनियाँ एक उच्च अधिकारीले राष्ट्रपति सिको भ्रमण सन् २०१९ भित्रै हुनेमा आफू ढुक्क रहेको बताए ।

- यो समाचार चन्द्रशेखर अधिकारीले अन्नपूर्णमा लेखेका छन् ।