2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको यूट्यूव भ्यूज चोरी, पाँडेले गरे यस्तो दाबी

चैत २१, काठमाडौं | नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला ‘भद्रगोल’ को भ्युज चोरी हुन् थालेको भद्रगोल टिमले दावी गरेका छन् । यसका हरेकजसो एपिसोड यूट्यूवमा १ नम्बर ट्रेन्डिङमा आउने गरेका थिए । तर, विगत तीन एपिसोड ट्रेन्डिङ नम्बर १ मा नआएपछि भद्रगोल टिमले आफ्नो भ्यूज चोरी हुन थालेको बताएका छन् ।

टेलिश्रृंखलाका निर्देशक अर्जुन घिमिरे (पांडे) ले भद्रगोलको भ्यूज घटेको देखिएपछि केही प्राविधिकहरुसँग बुझ्दा भ्यूज चोरी भएको देखिएको बताए ।

उनले भने, ‘अस्तिको एपिसोडको भ्यूज आधा घन्टा अगाडि नौ लाख ६१ हजार थियो । तर आधाघन्टा पछि घटेर ७ लाख ५६ हजार भयो । यस अगाडिको एपिसोड पनि १४ लाख भ्यूजबाट ११ लाखमा झरेको थियो । त्यसैले भ्यूज घटेको विषयमा हामीले सोधखोज गर्यो । र, यूट्यूवको सिस्टम बुझेका व्यक्तिहरुबाट अरु कसैले हाम्रो डलर खर्च गरेर हाम्रो भ्यूज चोरेको हुन सक्ने जानकारी पाइयो ।’

भ्यूज घटेपछि ट्रेन्डिङमा पनि असर गरेको उनले बताए । साथै उनले यस सम्वन्धमा यूट्यूमा आफूहरुले पत्राचार पनि गरेको तर कुनै जवाफ नआइसकेको जानकारी दिए ।

‘भ्यूज चोरी भएको पक्का हो, तर कसले चोरेको हो भन्न सकिने अवस्था छैन,’ घिमिरेले भने, ‘यसमा हामी अझै पनि जाँचबुझ गरिरहेका छौं ।’ उनले भ्यूज चोरीको दाबी गरे पनि त्यसको प्रष्ट आधार भने पेश गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा