२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको यूट्यूव भ्यूज चोरी, पाँडेले गरे यस्तो दाबी

२१ चैत्र २०७५, बिहीबार ०९:२३

चैत २१, काठमाडौं | नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला ‘भद्रगोल’ को भ्युज चोरी हुन् थालेको भद्रगोल टिमले दावी गरेका छन् । यसका हरेकजसो एपिसोड यूट्यूवमा १ नम्बर ट्रेन्डिङमा आउने गरेका थिए । तर, विगत तीन एपिसोड ट्रेन्डिङ नम्बर १ मा नआएपछि भद्रगोल टिमले आफ्नो भ्यूज चोरी हुन थालेको बताएका छन् ।

टेलिश्रृंखलाका निर्देशक अर्जुन घिमिरे (पांडे) ले भद्रगोलको भ्यूज घटेको देखिएपछि केही प्राविधिकहरुसँग बुझ्दा भ्यूज चोरी भएको देखिएको बताए ।

उनले भने, ‘अस्तिको एपिसोडको भ्यूज आधा घन्टा अगाडि नौ लाख ६१ हजार थियो । तर आधाघन्टा पछि घटेर ७ लाख ५६ हजार भयो । यस अगाडिको एपिसोड पनि १४ लाख भ्यूजबाट ११ लाखमा झरेको थियो । त्यसैले भ्यूज घटेको विषयमा हामीले सोधखोज गर्यो । र, यूट्यूवको सिस्टम बुझेका व्यक्तिहरुबाट अरु कसैले हाम्रो डलर खर्च गरेर हाम्रो भ्यूज चोरेको हुन सक्ने जानकारी पाइयो ।’

भ्यूज घटेपछि ट्रेन्डिङमा पनि असर गरेको उनले बताए । साथै उनले यस सम्वन्धमा यूट्यूमा आफूहरुले पत्राचार पनि गरेको तर कुनै जवाफ नआइसकेको जानकारी दिए ।

‘भ्यूज चोरी भएको पक्का हो, तर कसले चोरेको हो भन्न सकिने अवस्था छैन,’ घिमिरेले भने, ‘यसमा हामी अझै पनि जाँचबुझ गरिरहेका छौं ।’ उनले भ्यूज चोरीको दाबी गरे पनि त्यसको प्रष्ट आधार भने पेश गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य