२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले थापेको विद्युतीय धरापमा परी कम्तिमा चार सैनिकको मृत्यु

२०७५, २१ चैत्र बिहीबार १७:४९

चैत २१, एजेन्सी | भारतीय माओवादी विद्रोहीहरुले थापेको विद्युतीय धरापमा परी छत्तिसगढमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ । 

आम निर्वाचन अन्तर्गत मतदानको दिन आउन झण्डै एक हप्ता बाँकी रहँदा माओवादीले थापेको धरापमा परी गस्तीमा रहेका सैनिकहरु मारिएका हुन् ।

छत्तिसगढ प्रदेशको कान्केर जिल्लामा पैदल गस्तीमा रहेका बेला उनीहरुमाथि आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परी अरु छ जना घाइते भएका छन् ।  

घटना भएको ठाउँ निकै दुर्गम भएकाले थप विवरणहरु आउन बाँकी रहेको प्रदेश प्रहरी प्रमुख डि एम अवस्थीले बताउनुभयो । 

भारतमा सरकारी सुरक्षाकर्मी र माओवादी विद्रोहीहरुबीच दशकौँदेखि द्वन्द्व भइरहेको छ । यही द्वन्द्वबीच भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा देशभरी आम निर्वाचन हुन लागेको छ । 

माओवादी विद्रोहीहरुले अहिले हुन लागेको निर्वाचन बहिस्कार गर्न आह्वान गरेका छन् । उनीहरुले मतदानका दिन थप हिंसा भड्किन सक्ने चेतावनी समेत दिएका छन् ।

भारतको कम्तीमा २० ओटा राज्यमा माओवादी विद्रोहीहरुको उपस्थिति रहेको विश्वास गरिन्छ । ती मध्ये छत्तिसगढ, उडिसा, बिहार, झारखण्ड र महाराष्ट्र बढी प्रभावित भएको मानिन्छ । 

विद्रोही माओवादीहरुले पछाडि पारिएको समुदाय र जमिन विहिन किसानहरुका लागि आफूहरुले विद्रोह गर्नु परेको बताउने गरेका छन् ।

सरकारी पक्ष र विद्रोही पक्षको द्वन्द्वमा परी अहिले सम्म हजारौको मृत्यु भइसकेको अधिकारीहरुले बताएका छन् ।  माओवादी विद्रोहीको बढी प्रभाव रहेको ठाउँमा सरकारले सैन्य अभियानहरु चलाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस