मलाई बसमा यात्रा गर्दा वान्ता हुने समस्या छ। यो समस्याबाट छुटकारा पाउने कुनै घरेलु उपाय छैन ? 


यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मलाई बसमा यात्रा गर्दा वान्ता हुने समस्या छ। यो समस्याबाट छुटकारा पाउने कुनै घरेलु उपाय छैन ? 


यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिल"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसमा यात्रा गर्दा वान्ता हुन्छ ? अपनाउनुहोस् यस्ता छन् घरेलु उपाय

२२ चैत्र २०७५, शुक्रबार १०:४४

मलाई बसमा यात्रा गर्दा वान्ता हुने समस्या छ। यो समस्याबाट छुटकारा पाउने कुनै घरेलु उपाय छैन ? 


यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ। मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ। कसैलाई सवारी साधन जस्तैः– बस, ट्याक्सी, हवाईजहाज चढेको केही मिनेटमै सुरु हुन्छ भने कसैलाई घन्टौं पछि। मोसन सिकनेस भएमा यात्रा साह्रै कष्टकर हुन्छ। अतः आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं।

१. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ। अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ।

२. ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन।  

३. जामुन : जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन। साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ।  

४. आँप : काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ। त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ। यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ।  

५. सौंफ : सौंफले पनि वान्ता रोक्ने काम गर्दछ। यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन।  

६. अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ। अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ।  यसैगरी फलफुलका रुपमा प्रयोग हुने दाडिम (अमिलो अनार), बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ।

अथवा माथि भनिएका मध्ये मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ | स्वास्थ्यखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता