२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीले नै सम्पत्ति विवरण लुकाएपछि…

२३ चैत्र २०७५, शनिबार ०४:२८

चैत २३, काठमाडौं । चारजना मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन्।

सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइट सर्च गर्दा उहाँहरूले सम्पत्ति विवरण बुझाएको नदेखिएको हो। स्मरणीय छ, मन्त्री भएको ६० दिनभित्र उक्त विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ। सम्पत्ति विवरण नबुझाउनेमध्ये कानुनमन्त्री ढकालबाहेक अरू तीनैजना मन्त्री संघीय समाजवादी फोरम नेपालका हुन्।

फोरमका यादव र राई २०७५ जेठ १८ गते मन्त्री भएका थिए। यादव र राई मन्त्री भएको १० महिना बितिसकेको छ। सुरेन्द्रकुमार यादवलाई केहीपछि मात्र राज्यमन्त्री बनाइएको थियो। बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राको विषयमा दिएको अभिव्यक्तिउपर आलोचना भएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले साउन ८ गते राजीनामा दिएका थिए। त्यसपछि साउन १८ गते ढकाल कानुनमन्त्री बनेका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने