२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउन थाले

२३ चैत्र २०७५, शनिबार ११:३७

चैत २३, भद्रपुर । जन्मका आधारमा नागरिकता पाएका विर्तामोड–७ गरामनीका कैले टुडूका दुई सन्तानले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।

वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय समीर टुडू र १७ वर्षीय सन्दिप टुडू रहेका छन् । दुबै जनाका बाबुआमाले २०६३ सालमा नागरिकता वितरण टोलीबाट जन्मका आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाएका थिए ।

जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनुपर्ने माग विगत लामो समयदेखि उठाउँदै आएको भएपनि त्यो पूरा हुन सकेको थिएन ।

गृह मन्त्रालयले १९ चैतमा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो । लगतै जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउन थालेका छन् ।

जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय सार्वजनिक भएपछि अहिले झापालगायत देशैभरका प्रशासन कार्यालयमा वंशजका आधारमा नागरिकता लिन आउनेहरुको भीड बढेको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार विगत दुई दिनमा झापा जिल्ला प्रशासन कार्यालयबाट जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका १३५ सन्तानले वंशजका आधारमा नागरिकता पाएका छन् ।

गृहमन्त्रालयले संविधानको धारा ११(३) बमोजिम जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजका आधारमा नागरिकताको प्रमाणपत्र दिनु भनी परिपत्र पठाएको हुँदा बिहीबारदेखि झापामा समेत त्यस्तो नागरिकता प्रदान गर्न शुरु गरिएको सहायक प्रजिअ पोखरेलले बताए ।

जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले झापाबाट बिहीबार ७२ र शुक्रबार ६३ गरी कुल १३५ जनाले वंशजका आधारमा नागरिकता पाएको जनाइएको छ । विसं २०६३ मा नागरिकता टोलीले गाउँ-गाउँ पुगेर जन्मका आधारमा नागरिकता प्रदान गरेको थियो । झापामा त्यतिबेला २२ हजार ४८१ जनाले जन्मका आधारमा नागरिकता प्राप्त गरेका थिए ।

नागरिकता पाउनेमा सन्थाल, राजवंशी, मधेसी लगायतका समुदायको ठूलो सङ्ख्या छ । जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान वालिग भइसक्दा पनि नागरिकता नपाउँदा पढाइ र रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको थियो ।

अब त्यो अवरोध भने हटेको छ ।‘शुक्रबार वंशजको नागरिकता पाएका विर्तामोड–७ का सन्दिप टुडूले भखैरै गरामनीको दुर्गा माविबाट एसइई परीक्षा दिएका छन् । उनले आफ्नो नागरिकतामा वंशज लेखिएको देख्दा साह्रै खुशी लागेको प्रतिक्रिया दिए । उनले भने, ‘अब जागिर खानका लागि ढोका खुल्यो ।’

उनका २२ वर्षीय दाजु समीरले नागरिकता नभएकै कारण दुई वर्षदेखि पढाइ छाडेका छन् । उनले अव व्यापार गर्ने सोच बनाएको बताए ।

वंशजका आधारमा नागरिकता पाउनका लागि बाबुआमा दुवैले जन्मका आधारमा नागरिकता लिएको हुनुपर्ने प्रजिअ पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ