३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! यी ७ कुरा भुलेर पनि अरुलाई नभन्नुहोस्

२५ चैत्र २०७५, सोमबार १५:२४

मानिसले कतिपय कुराहरु गोप्य नै राख्नुपर्ने हुन्छ | कतिपय मानिसहरु गोपनीयतालाई फाइदाको दृष्टिले हेर्ने गर्छन् त्यसले यसले जीवनमा ठुलो समस्या पनि निम्त्याउने गर्छ | हामीले तल गोपनियता अपनाउनुपर्ने कहिँ कुराहरु व्याख्या गरेका छौ पढेर अवस्य मनन गर्नुहोस् |

१. घर परिवारको कुरा

हामी आफ्ना साथीभाईलाई घर परिवारका सबै कुरा भन्छौं । आफ्ना साइनो, सम्बन्धका सबै कुरा खुलाउँछौ । त्यती मात्र होइन, परिवारका सदस्यहरुको अवस्था, हैसियत काम, आपसी मनमुटाव, अविश्वास सबैकुरा सुनाउँछौ । यसले भोलिका दिनमा हामीलाई संकटमा पार्न सक्छ ।

घरको समस्या, घरको अवस्थाबारे सबैकुरा खोल्नु हुादैन । श्रीमान र श्रीमतीको संसार व्यवहार गोपनिय राख्नुपर्छ । कतिपय व्यक्तिहरु आफ्ना श्रीमतीको पोल खोल्छन् । अर्काबाट साहनुभूति हासिल गर्नका लागि यस किसिमको गल्ती नगरौ । यसले तपाईंको कमजोरी प्रदर्शित हुन्छ ।

२. घरको रहस्य

कतिपय व्यक्ति यस्ता हुन्छन्, जो कोही व्यक्ति आफ्नो घरमा आउनसाथ उनलाई घरको कुनाकाप्चा देखाउँछन् । घरको सबै कुरा बुझाउँछन् ।

तपाईंको विश्वासपात्र जो छन्, उनीबाट तपाईंलाई केही खतरा नहोला । तर, यसरी घरको कुनाकाप्चा देखाइरहँदा भोलिका दिनमा कतिपय साथीबाट भने अप्ठ्यारोमा पर्न सकिन्छ । उनीहरुलाई विश्वास गरेर तपाईं घरको सबै कुरा देखाउनुहुन्छ, यसले भोलिका दिनमा समस्यामा पार्न सकछ ।

३. धनको कुरा

तपाईंसँग कति धन छ ? धन कसरी आर्जन गरिरहनुभएको छ ? धन कसरी संचय गर्नुभएको छ ? यी कुरा कसैलाई पनि बताउनु संभावित संकट निम्त्याउनु हो ।

धनको कुरा सकेसम्म गोप्य राखेकै राम्रो हो । यसको अर्थ यो होइन कि तपाईंको धन देखेर अरुले ऋण माग्छन् । यसको अरु नै कारण छन् । आफ्ना साथीभाई, आफन्तलाई आफुले राखेको धनबारे खुलाउन आवश्यक छैन । यद्यपी श्रीमतीलाई भने सम्पूर्ण विवरण दिनुपर्छ ।

४. अपमानको कुरा

जीवनमा कहिले काहीँ अपमान झेल्नुपर्छ । यदि कसैले अपमान गरेमा त्यसलाई सामना गर्नैपर्ने अवस्था आउँछ । संभव भएसम्म त प्रतिकार गरेको राम्रो ।

यद्यपी यसरी आफु अपमानित भएको कुरा भने अरुलाई सुनाउनु हुँदैन । आफु कसरी अपमानित भइयो, कसले अपमान गरे भन्ने कुरालाई गोप्य राख्नु नै भलाई हुन्छ । अरुबाट सहानुभूति आर्जन गर्नका लागि आफुमाथि भएको अपमानबारे बताइरहँदा अरुको मनमा आफुप्रतिको धारणा थप कमजोर बन्छ ।

५. आफ्नो अयोग्यता वा कमजोरी

हामी सम्पूर्ण रुपमा पोख्त हुँदैनौ । सबैकुरा जान्ने हुँदैनौ । कतिपय कमजोरी हुन्छ । यद्यपी आफ्नो कमजोरी, अयोग्यताबारे प्रचार गर्दै हिँड्नु हुँदैन । यस्तो कुरालाई रहस्यमै राखेको वा गोप्य राखेको राम्रो हो ।

यदि हामीले आफ्नो कमजोरी बतायौं भने अरुले त्यही कमजोरीमा टेकेर हामीमाथि आफ्नो प्रभाव लाद्ने प्रयास गर्छ । त्यसैले यस्ता कुरामा गोपनियता अपनाएको वेश हुन्छ ।

६. मनको कुरा

हाम्रो मनमा अनेक कुरा हुन्छन् । तर, मनमा आएजति कुरा अरुलाई बताउँदै हिँड्नु हुँदैन । यसरी मनको कुरा सबैको अगाडि खोल्दा हाम्रो मनोविज्ञान, हाम्रो बौद्धिकता, हाम्रो धारणा सबैकुरा अरुले थाहा पाउँछन् । अतः हामीलाई उनीहरुले कमजोर आँक्न सक्छन् ।

७. दानको कुरा

अहिले त अरुलाई के दिइन्छ, कति दिइन्छ भन्ने कुरा फोटो खिचाउने चलन छ । अरुलाई केहि दिनुपरेमा फोटो खिचाएर सामाजिक सञ्जालमा त्यसको प्रचार गरिन्छ । जबकी अरुलाई हामी केही दिन्छौ भने त्यो कुरा एकदम गोप्य राख्नुपर्छ । नभए अरुलाई हामीले निस्वार्थ मनले दिएका छैनौ भन्ने हुन्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड