2026-09-18 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुक समृद्ध हुन देशको भाषा, संस्कृति बलियो हुनुपर्छ: उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई समृद्धशाली बनाउन भाषा, संस्कृति र संस्कारको संरक्षण प्रवर्द्धन गरिनुपर्ने बताएका छन् । गोकर्णेश्वर माकलबारीमा आयोजित ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को आइतबार कार्यक्रम उद्घाटन गर्दै उनले भाषा संस्कृति बलियो भए मात्र देश बलियो र समृद्ध हुने उल्लेख गरे ।

‘कुनै पनि मुलुक समृद्ध हुन त्यस देशको भाषा, संस्कृति बलियो हुनुपर्छ, पछिल्लो समय भाषा सङ्कटमा पर्दै गएको छ । भाषा लोप हुँदै गए हामी पनि कमजोर हुन्छौँ, त्यसैले अब ढिलो नगरिकन आफ्नो भाषा र संस्कारलाई संरक्षण गर्दै नयाँ पुस्तालाई यसमा आकर्षण गर्न जरुरी छ’, उपराष्ट्रपति पुनले भने ।

उनले मुलुकमा सबैखाले क्रान्ति तथा संघर्षमा साहित्यकार तथा कलाकारको विशिष्ठ योगदान रहेको भन्दै कला र साहित्यका माध्यमबाट मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई सार्थक बनाउन स्रष्टा तथा सर्जकलाई आग्रह गरे ।

उपराष्ट्रपति पुनले जनताको जीवनमा परिवर्तन हुने गरी देशलाई समृद्ध बनाउन उत्पादन वृद्धिमा आधुनिक प्रविधिको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिए । पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकको समृद्धिको अभियानमा ससाना कामबाटै सबै स्थानबाट सकारात्मक र प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधि सभा सदस्य कृष्ण राइले जनताको जीवनमा परिवर्तन हुने गरी देशलाई समृद्ध बनाउन उत्पादन वृद्धिमा आधुनिक प्रविधिको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिए ।

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मुलुक परिवर्तनका लागि भएका विभिन्न संघर्षमा कला र साहित्यिक क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको भन्दै अबको समृद्धिको यात्रामा पनि प्रागीक क्षेत्रबाट थप प्रभावकारी योगदान हुन जरुरी छ भने ।

प्रदेश नं ३ का प्रदेश सांसद रामेश्वर फुयाँलले समृद्ध नेपाल निर्माणका लागि भौतिक निर्माणसँगै भाषा, कला र साहित्यको संरक्षणमा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले समृद्ध नगरका लागि निर्माण अभियान शुरु गरिएको जानकारी गराउँदै भाषा र संस्कृतिको संरक्षणलाई पनि प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

जया मल्टिपल कलेजका प्रिन्सिपल भवानीप्रसाद पौडेलले शिक्षा, कला र संस्कृतिको माध्यमबाट आर्थिक समृद्धिको अभियानमा योगदान गरिनुपर्ने बताए ।

कार्यक्रममा ७ जना बरिष्ठ कबिहरु र ९ जना विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएको बरिष्ठ व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम साहित्यकार देबी प्रसाद घिमिरेले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई