2026-07-26 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युट्युबमा ‘किल दिस लभ’ले तोड्यो गंगनम स्टाइलको रेकर्ड (हेर्नुहोस् भिडियोसहित)

चैत २६, काठमाडौं | दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो ।

पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लागि यो गीतले केवल २ दिन १४ घण्टा मात्र लियो । यु ट्युबमा अपलोड भएको २४ घण्टामै यो गीत युट्युबमा ५ करोड ६७ लाख पटक हेरिएको थियो । जसले एक दिनमा सबैभन्दा धेरै हेरिएको एरियाना ग्रान्डेको गीत थ्यांक्यूको रेकर्ड पनि तोडेको छ ।

स्मरण रहोस् कीर्तिमानी गीत तयार पारेको ब्लाकपिंक ब्याण्ड सन् २०१६ मा स्थापना भएको हो । यो ब्याण्डका सबै सदस्य महिला छन्, जिसू, जेनी, रोज र लिसा । यसअघि सेप्टेम्बर २०१६ मा पहिलोपटक स्क्वाएर वन नामक पहिलो एल्बम यसले ल्याएको थियो । उक्त एल्बम दक्षिण कोरियामा निकै लोकप्रिय बनेको थियो ।

तत्पश्चात सन् २०१८ मा उक्त ब्याण्डले ल्याएको डूडूडूडू बोलको गीत दक्षिण कोरियामा युट्युबमा सबैभन्दा धेरै हेरिएको गीत बनेको थियो ।

पछिल्लोपटक यो ब्याण्डले ल्याएको किल दिस लभ गीतले युट्युब भ्युजको मामिलामा केवल कोरियामा मात्र होइन विश्वव्यापी रुपमै किर्तिमान कायम गर्न सफल भएको छ । यो गीत अंग्रेजी र कोरियन दुवै भाषामा रहेको छ ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ