२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको हत्या प्रयास भएकै हो त ?

२०७५, २८ चैत्र बिहीबार १७:२५

चैत २८, काठमाडौँ | भारतमा निर्वाचनको चटारो छ, नेताहरुको सुरक्षा चुनौती रहेकै बेला कांग्रेस अध्यक्ष राहुल गांधीको टाउकोमा लेजर लाइट देखेपछि सुरक्षामाथि प्रश्न उठाइएको छ । कांग्रेस अध्यक्ष राहुलले पत्रकार सम्मेलन गर्दै थिए । त्यसै बेला उनको टाउकोमा केहि बेर हरियो रङको लाइट देखियो । 

कांग्रेसले यस बिषयलाई लिएर आफ्नो नेताहरुको सुरक्षा माथि चुनौती रहेको टिप्पणी गरेको छ । कांग्रेसले आरोप लगाएको छ कि कांग्रेस अध्यक्ष राहुलको हत्या गर्ने लक्ष्यले उक्त लेजर लाइट बालिएको हो । स्पेशल प्रोटेक्शन ग्रुप (एसपीजी) का  निर्देशकले अनुसन्धान पछि गृह मन्त्रालयलाई यस सम्बन्धि जवाफ दिंदै उक्त हरियो लाइट मोबाइलको लाइट हो, जो कांग्रेस समर्थकद्वारानै राहुलको तश्वीर लिने क्रममा उनको निधारमा देखिएको हो ।

वरिष्ठ कांग्रेसी नेताहरुले गृहमन्त्रीलाई यसै बिषयमा पत्र लेख्दै भनेका छन् ''हरियो रंगको लेजर लाइटले राहुल गान्धीको सिरलाई निशाना बनाई सातौँ पटक हत्या गर्नको लागि लक्षित भएको छ । यो लाइट स्नाइपर गनबाट निक्लने लेजरजस्तै लाग्छ । यो सावधानी हो, हामीलाई यसले सजग रहन चेतावनी दिईरहेको छ ।''


कांग्रेसको पत्रमा राजीव र इन्दिरा गान्धीको नाम 

कांग्रेसले गृहमन्त्रालयलाई पठाएको पत्रमा पूर्व प्रधानमन्त्री राजीव गान्धी र इन्डोर गान्धी (राहुल गान्धीका बुबा र हजुरआमा) को हत्याको कुरा उल्लेख गरेको छ । 

कांग्रेसले यस घटनालाई उत्तर प्रदेश प्रशासनको ठुलो भुल भनेको छ । पार्टीले केन्द्र सरकारलाई यस सम्बन्धि अनुसन्धान गरि यथासिघ्र दोषीलाई कारवाहिको माग गरेको छ । गृह मन्त्रालयलाई लेखिएको पत्रमा कांग्रेस नेता अहमद पटेल, जयराम रमेश र रणदीप सिंह सुरजेवालाले हस्ताक्षर गरेका छन् । कांग्रेसको पत्रमा कुनै पनि राजनीतिक मतभेद नगरी राहुल गान्धीको सुरक्षा गर्नु सरकार र गृह मन्त्रालयको पहिलो जिम्मेवारी भएको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै