2026-08-26 07:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: चेन्नईद्वारा राजस्थानमाथि रोमान्चक जित (८ टिम कुन-कुन स्थानमा ?)

चैत २९, एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सले छैटौं जित हासिल गरेको छ  । बिहिबार राति भएको खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई चेन्नईले ४ विकेटले पराजित गर्दै छैटौं जित निकालेको हो ।

जयपुरस्थीत सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । चेन्नई सुपरकिंग्सको जितको लागे कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले निकै फराकिलो इनिङ्स खेले । धोनीले ५८ रन जोड्दा रायडुले ५७ रन बनाएका थिए । राजस्थानको लागि बेन स्टोक्सले दुई विकेट लिए । त्यस्तै धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक एक विकेट लिए । 

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरा २० ओभर खेल्दै ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । राजस्थानको लागि उक्त स्कोर जम्मा गर्ने क्रममा बेन स्टोक्सले २८ रन, जोस बट्लरले २३ रन, रियन परागले १६  रन, स्टिभ स्मिथले १५ रन तथा कप्तान अजिंका रहानेले १४ रन बनाएका थिए । 

खेलमा श्रेयस गोपाल १९ रनमा अविजित रहदा जोफ्रा आर्चरले अविजित १३ रन बनाएका थिए । चेन्नईका रविचन्द्र आश्विन, सार्दुल ठाकुर र दिपक चाहरले समान २/२ विकेट लिएर खेललाई १५२ रनको लक्ष्य पछ्याउने अवस्थामा पुर्याएका थिए । 

चेन्नईको सुरुवाती चरणको निकै खराव पर्दर्शन कप्तान महेन्द्र सिंह धोनीले सम्हालेका थिए । यस जीतसंगै चेन्नईले ७ खेलबाट १२ अंक जोडेर अंकतालिकामा सबैभन्दा शिर्ष स्थानमा कायम छ । आजको जीत चेन्नईका कप्तान धोनीको कप्तानीमा आइपीएलमा १०० औं जित रहेको छ । 

यस पटकको आइपीएलमा हालसम्मको अंक तालिकाको दोश्रो स्थानमा ८ अंक सहित कोलकाता नाइटराइडर्स छ भने तेश्रो र चौथो स्थानमा ८/८ अंकको साथ क्रमश मुम्बई इन्डीयन्स र किंग्स इलाभेन पन्जाव रहेका छन् । 

अंक तालिका हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग