२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैज्ञानिकले मानव प्रजातिको अर्को अवशेष भेटे

२०७५, २९ चैत्र शुक्रबार ०८:१६

चैत २९, काठमाडौं | फिलिपिन्समा मानव प्रजातिको अर्को अवशेष भेटिएको छ । लोप भइसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्समा भेटिएको बीबीसीले उल्लेख गरेको छ । यो प्रजातिको नाम ‘होमो लूजोनेसिस’ राखिएको छ । यो भेटीएसंगै मानिस प्रजातिको सूचीमा अर्को एउटा नाम थपिएको छ । 


यो प्रजातिको विशेषता प्राचीन मानव प्रजाति र अहिलेको मानव प्रजातिसँग मिल्ने किसिमको छ ।  यो प्राचीन मानवको सम्बन्ध अफ्रिकासँग जोडिएको र पछि दक्षिण पूर्व एशियामा बसाईं सरेको हुनसक्ने अनुमान गरिएको छ । 

नेचर पत्रिकाका अनुसार ‘होमो लूजोनेसिस’को अवशेष लूजोनको उत्तरतर्फ रहेको कैलाओ गुफामा भेटिएको हो । यो ६७ हजार देखि ६० हजार वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ ।


यो अवशेषमा मानव शरिरका तीनओटा भागहरु भेटिएका छन् । जसमा दाँत, हात र खुट्टाको हड्डी रहेको छ । यसलाई सन् २००७ मा गुफाको उत्खननका बेला निकालिएको थियो ।

होमो लूजोनेसिसका विशेषता २० देखि ४० लाख वर्षअघि अफ्रिकामा उभिएर हिँड्ने बाँदरजस्ता देखिने अस्ट्रलोपेथेसीन नामको मानव प्रजातिसँग मिल्न जान्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै