२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपहरणको पाँच वर्ष भयो ११२ बालिका अझै घर फर्किएनन्

२०७६, १ बैशाख आईतवार १७:०८

वैशाख १, चिबोक, नाइजेरिया (रासस/एएफपी) | नाइजेरियाको चिबोक भन्ने ठाउँबाट पाँच वर्ष अघि अपहरणमा परेका ११२ जना बालिका अझै आफ्नो घर फर्किएका छैनन् ।

उनीहरुलाई नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको र त्यस देशद्धारा आतङककारी घोषित बोको हराम नामक समूहले विद्यालयबाटै अपहरण गरेको थियो । 

उनीहरुका बाबुआमा तथा आफन्तहरु ती बालिका घर फर्किने आशमा अहिले पनि सुरक्षा निकाय र सरकारी अधिकारीहरुकहाँ धाइरहेका छन् तर उनीहरु घर फर्किने सूचना भने अहिलेसम्म पनि पाएका छैनन् । 

उत्तरपूर्वी नाइजेरियामा हिंसात्मक हमलाहरु गरिरहेका बोको हरामहरुले सो क्षेत्रबाट विद्यालयका बालबालिकालाई अपहरण गरेर लाने र उनीहरुलाई जबर्जस्ती बन्दुक बोकाई हिंसात्मक काममा लगाउने गरेका छन् । 

चिबोकको बालिकाहरुमात्र पढ्ने विद्यालयबाट सन् २०१४ अप्रिल १४ मा उनीहरुलाई बोको हरामले अपहरण गरेका थिए । अपहरणमा परेका ती बालिकाको अवस्था अभैm पनि अज्ञात नै रहेकोले उनीहरुका परिवारमा निकै तनाव उत्पन्न भएको छ । 

त्यस दिन सो विद्यालयबाट उनीहरुले २७६ जना बालिकालाई अपहरण गरेका थिए । उनीहरु १२ देखि १७ वर्ष उमेरका थिए । 

ठूलो संख्यामा आएका सशस्त्र हमलाकारीहरुले विद्यालयलाई घेरा हाली उनीहरुलाई अपहरण गरी लगेका थिए । त्यस दिन अपहरणमा परेपछि पनि ५७ जना बालिका भने ट्रकबाट हामफालेर भाग्न सफल भएका थिए । 

ती बालिकालाई घर फिर्ता गर्ने विषय नाइजेरियाको गत वर्षको आम निर्वाचनको पनि ठूलो मुद्धा बनेको थियो । 

नाइजेरियाका वर्तमान राष्ट्रपति मोहम्मदु बुहारीले राष्ट्रपतीय निर्वाचनमा यस विषयलाई मुख्य एजेण्डा नै बनाउनुभएको थियो । 

उहाँले आफूले निर्वाचन जितेमा अपहरित ती बालबालिकालाई अपहरणमुक्त गरी घर फर्काउने बाचा नै गर्नुभएको थियो ।   

तर गतवर्ष बोको हरामहरुसँग भएको वार्ताको क्रममा सरकारले केही बालिका फिर्ता गराएको थियो । ती बालिकाहरु पनि बोको हरामका बन्दीहरुसँग बन्दी साटासाटजस्तो गरी अपहरणमुक्त गरिएको थियो ।

यसरी अहिलेसम्म २७६ बालिकामध्ये १०२ मात्र मुक्त भएका छन् भने अझै पनि ११२ जना भने बोको हरामकै अपहरणमा रहेका छन् । 

ती बालिकालाई अपहरणमुक्त गर्न आफूले सक्दो प्रयास गरेको सरकारले जनाएको छ । तर उनीहरुक आफन्तले भने सरकारले चाहेमा उनीहरु मुक्त हुनसक्ने बताउँछन् ।

आफ्ना छोरीहरु जिवीतै छन् कि मारिए भन्ने बारेमा पनि उनीहरुका बुबाआमालाई थाहा छैन । तर पनि आफ्ना सन्तान घर फर्किने आशमा उनीहरु रहेका छन् । 

यस विषयमा बोको हरामले पनि केही बताएको छैन । तर सुरक्षा निकायहरुले भने ती बालिकालाई बोको हराम समूहले आफ्नो सैन्य समूहमा लगाएको अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ