2026-08-29 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्थानिय स्तरको बजेट कार्यान्वयनका लागि जनता जुटौँः सांसद बोगटी

कमल रावल | बैशाख २, अछाम | अछाम क्षेत्र नम्बर २ का सासंद यज्ञ बहादुर बोगटीले समग्र क्षेत्र नम्बर २ को बिकासका लागि आफुले निरन्तर आवाज उठाई रहेको बताउनु भएको छ । क्षेत्र नम्बर २ को सडक, शिक्षा, स्वास्थ्य, विद्युत लगाएतका जनताका समस्या समाधानका लागि संसद, सरकार, सम्बन्धीत मन्त्रालयमा आवाज उठाईरहेको बताउनु भएको छ । 

मंगलसैन नगरपालिका वडा नम्बर ३ ले लाक्षिमना टोलमा आयोजना गरेको नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै बोगटीले जिल्लामा थुप्रै बजेट आएकाले यसको सही सदुपयोगका लागि जनताले नियमित खबरदारि गरिरहनु पर्ने बताउनु भयो । स्थानिय स्तरमा आएको बजेट अक्षरस कार्यान्वयन हुन सके सरकारले अघि सारेको समृद्ध नेपालको नारा साकार हुने बताउनु भयो । 

मंगलसैन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष पदमसिंह भाटको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी मंगलसैन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले पहीले भएका राम्रा काम बढाउदै जाने र नराम्रा कार्य घटाउदै जानु पर्ने बताउनु भयो । समाज निरन्तर परिवर्तनशिल भएकाले श्रमजिवी बनेर श्रम गरेर अगाडि बढे समुन्नत समाज बन्ने बताउनु भयो । 

कार्यक्रममा मंगलसैन नगरपालिका उपप्रमुख सरिता उपाध्यायले २०७५ सालमा भएका कार्यलाई सुधार गर्दै नयाँ कामको थालनी सहीत नगरपालिका अगाडी बढने भएकाले सबैको साथको आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारि कृष्ण प्रसाद आचार्य, नेकपा नेता शिब प्रसाद उपाध्याय, नेता चन्द्र बोहरा, नेपालि काग्रेस मगलसेन नगर उपसभापति राजेश बाबु बोगटि, नेपाल राष्ट्रिय शिक्षक सँगठन सुदुरपश्चिम प्रदेश अध्यक्ष नर बहादुर रावल, पत्रकार शिबराज ढुगानाले शुभकामना मन्तब्य राख्दै हरेक क्षेत्रमा सकारात्मक सुझाब सहीत २०७६ को बर्ष उपलब्धीमुलक रहोस भन्ने शुभकामना ब्यक्त गरेका थिए । 

कार्यक्रममा प्रहरि प्रमुख डियसपि जनक बहादुर शाहि, नेकपा नेता लोक बहादुर बोगटि, भक्त बहादुर बोगटि, बिर्ख बहादुर बोगटी, नेपाल रेडक्रस शोसाईटि केन्द्रिय सदस्य बृकेश सिंह बोगटि, जिल्ला अध्यक्ष रत्न प्रसाद ढुगाना, मंगलसेन नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु महत, रेडियो रामारोशनका समाचार प्रमुख कमल रावल लगाएतले एक आपसमा शुभकामना आदानप्रदान गर्दै २०७६ को बर्ष हर्ष उमंग सहीत नया योजनाको बर्ष बनोस भन्ने शुभकामना दिएका थिए । 

वडा सदस्य कल्लान सिह बोगटिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन शिब बहादुर बोगटीले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो