२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको त्यो ट्वीट जसले एक अमेरिकी सांसदको ज्यान जोखिममा पर्यो !

३ बैशाख २०७६, मंगलवार ०६:००

बैशाख ३, काठमाडौं । अमेरिकाको तल्लो सदनकी एक सदस्य इल्हान ओमरले राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दा आफूलाई आउने हत्याको धम्कीमा बृद्धि भएको बताएकी छिन् । केही दिन अघि ट्रम्पले ओमरले अघिल्लो महिना दिएको एक भाषणलाई ९÷११ को भिडियोसँग जोडेर देखाएका थिए । 

ओमरले राष्ट्रपति ट्रम्पले आफूविरुद्ध उग्र–दक्षिणपन्थी हिंसाका लागि प्रोत्साहन गरेको आरोप लगाएकी छिन् ।


ह्वाइट हाउस प्रमुख प्रेस सचिव सराह स्याण्डर्सले भने आइतबार ट्रम्पको प्रतिरक्षा गर्दै उनले हिंसालाई प्रोत्साहित गरेको कुरालाई खण्डन गरिन् ।

“राष्ट्रपति ट्रम्पले शुक्रबार साँझको ट्वीटदेखि मलाई मार्ने धम्कीहरु बढेको छ । धेरैले धम्कीमा राष्ट्रले हालेको भिडियोलाई उल्लेख गरेका छन् । प्रहरी, एफबीआई, संसद सुरक्षा अधिकारी र सभामुखले यी धम्कीहरुमाथि दिएको चासोको लागि म धन्यवाद दिन्छु,” ओमरले आइतबार साँझ जारी गरेको एक विज्ञप्तीमा लेखेकी छिन् ।

आइतबार अमेरिकाको सभामुख पेलोसीले तल्लो सदनको सुरक्षा हेर्ने अधिकारीसँग ओमरको सुरक्षालाई लिएर कुरा गरेको र सुरक्षा मुल्याकंन संचालन नगर्न चाहेको पनि बताइन् ।

शुक्रबार ट्रम्पले ‘हामी बिर्सने छैनौँ’ लेखेर एक भिडियो ट्वीट गरेका थिए जसमा उनले अघिल्लो महिना ओमरले दिएको एक भाषणको लिङ्क थियो । ट्रम्पले शेयर गरेको भिडियोको बीच बीचमा ९÷११ को आक्रमणको सम्पादित भिडियो पनि राखिएको थियो ।

ट्वीटमा शेयर गरिएको भिडियोमा ओमरले भनेकी छिन्, “ लामो समयसम्म, हामीहरु दोस्रो–दर्जाको नागरिक असहज जीवन बाँचिरहेका छौँ । सिधै भन्ने हो भने म यस्तो अवस्थाबाट थाकिसके र यो देशका हरेक मुसलमानहरु यसबाट थाकिसकेको हुनुपर्छ । सीएआईआर ९÷११ पछि स्थापना गरिएको थियो । किनकि उनीहरुले केही व्यक्तिले गडबढी गरेको पहिचान गरे र त्यसको परिणाम हामीहरु सबैले नागरिक स्वतन्त्रता गुमाउन सुरु गरौँ । ”

ओमरले अघिल्लो महिना ‘काउन्सील अन अमेरिकन–इस्लामिक रिलेसन्स(सीएआईआर)’को क्यालिफोर्निया विभागमा बोल्दै थिइन् । यो खासमा सन् १९९४ मा स्थापना भएको थियो ।

आइतबार जारी विज्ञप्तीमा ओमरले भनेकी छिन्,“ हिंसात्मक अपराध र दक्षिणपन्थी उग्रवादी र श्वेत राष्ट्रवादीहरुको घृणाजन्य कार्यहरु यो देश र विश्वभरी बढिरहेको छ । अझै पनि यो भूमिको सबैभन्दा शीर्ष पदमा रहेको व्यक्तिले नै तिनलाई प्रोत्साहन गरिरहेको कुरा अस्वीकार गर्न सक्दैन ।”

“सन् २०१६ मा ट्रम्पको र्याली आयोजना गर्ने एक काउन्टीमा घृणाजन्य घटना २२६ प्रतिशत बढेको पाइएको थियो । यस्तै ट्रेण्ड ट्रम्प र्याली आयोजना गर्ने हरेक सहरहरुमा पनि देखिन्छ । हिंसा प्रोत्साहित गर्ने, वक्तव्यवाजी र घृणाजन्य भाषणको हाम्रो समाजमा कुनै स्थान छैन । अझ राष्ट्र प्रमुखबाट त यो हुनै हुदैन । यसले जीवनलाई खतरा पुर्याउँछ । यो रोकिनुपर्छ,” ओमरले भनेकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य