2026-08-26 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड सुरु

रेशमराज रोकाया | बैशाख ४, हुम्ला | हुम्लाको सिमकोट पालिकामा रहेका माध्यमिक तहमा सञ्चालन भएका विद्यालय विच हुने खेलकुद प्रतियोगिता राष्ट्रपती रनिङ्ग शिल्ड सुरु भएको छ । एक औपचारिक कार्यक्रमको विचमा सुर भएको खेल पालिकामा रहेका ७ वटा माध्यमिक विद्यालय मध्ये ६ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । सिमकोटमा हुने खेललाई सिमकोट गाउँपालिकाको आयोजना गरेको छ भने सिमकोटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयले व्यवस्थापन गरेको छ । 

गत वर्ष जिल्लागत रुपमा आयोजना गरिने राष्ट्रपती रनिङ्ग शिल्ड यस वर्ष पालिका स्तरमा प्रतिष्पर्धा भएको छ । हुम्लामा रहेका ७ वटा पालिकामा हाल खेलका कार्यक्रम सञ्चालन भईरहेका छन् । हरेक पालिकाबाट हरेक खेल ईभेण्टमा छनौट भएका खेलाडीले जिल्ला स्तरमा प्रतिष्पर्धा गरी प्रदेशमा खेल्न पाउने अवसर जिल्ला खेलकुद विकास समिति स्रोतले जानकारी दिएको छ ।

उद्घाटन कार्यक्रममा सलामी ग्रहण गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष दान बहादुर रावतले खेल मार्फत अनुशासन, गतिशिलता र शारीरिक स्फुर्ती बढ्ने भएको, राष्ट्रलाई संसार सामु चिनाउनको लागि खेलकुदले सहयोग गर्ने भएको कारण यसलाई सही सदुपयोग गर्न सम्पूर्ण सहभागी विद्यालयलाई सुझाउनु भयो । हरेक विद्यालयले जम्मा १३ वटा खेल ईभेण्टमा भाग लिन पाउने आयोजक सिमकोट गाउँपालिकाले जनाएको छ । भलिबल, हाईजम्प, लङ्गजम्प, ट्रिपलजम्प, सटपुट, ज्याभ्लिङ्ग थ्रो, एक सय, दुई सय, ४ सय, ८ सय, १५ सय मिटरका दौड, रिलेमा १ सय ईण्टु ४ र ४ सय ईण्टु ४ का खेल यस पटक हुने भएका छन् । हरेक विद्यालयले छात्र र छात्रालाई सहमागि गराएका छन् । 

खेलमा विजेतालाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारबाट सम्मान गरिने भएको छ । गत वर्षका विजेता विद्यालय मानसरोवर नमुना माध्यमिक विद्यालय, सिमकोटका प्रधानाध्यापक अमर बहादुर शाहीले खेल मार्फत हरेक विद्यालयले आफ्नो सीप, कौशल देखाई जिल्ला स्तरबाट राष्ट्र स्तरमा नाम कमाउने यो अति नै उपयोगी अवसर भएको बताउनु भयो । खेलमा हार जित भन्दा पनि यसले खेलाडीको व्यक्तित्व विकासमा टेवा पुर्याउनेमा शाहीको जोड रहेको थियो । 

उद्घाटन कार्यक्रममा सिमकोट पालिका स्तरमा सञ्चालनमा रहेका निजी क्षेत्रका विद्यालयले पनि मार्चपासमा सहभागिता जनाएका थिए । करिब १ सय हाराहारी विद्यार्थीले यस पटकको आयोजनामा खेल्न पाउने अवसर सिमकोट गाउँपालिकाले प्रदान गरेको छ । जिल्ला स्तरमा आयोजना हुने खेलमा सिमकोट पालिकाले पक्कै पनि राम्रो क्षमता देखाउनेमा सिमकोट गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनु भयो । 

जिल्लाका अन्य पालिकामा प्रतिभा भएका खेलाडी भएको भए पनि सिमित साधन र स्रोतको भरमा खेल प्रतिभा देखाउने पाउने अवसर कम पाउने गरेका छन् । प्रदेश स्तरमा खेल सहभागिता जनाउनकाो लागि जिल्ला खेलकुद विकास समितिले छनोटमा परेका र राम्रा प्रतिभा भएका खेलाडीलाई अवर दिनु भन्दा खेल आयोजना हुने बेलामा सम्पर्कमा आउने खेलाडीलाई सहभागिता हुने अवसर दिएको कारण प्रदेश र राष्ट्रिय स्तरमा हुम्लाका खेलाडीले प्रतिभा देखाउन नपाउने गरेको स्थानियको भनाई रहेको छ । खेल आयोजनाको बेलामा मात्र स्थानिय विद्यालय, खेलाडी अभ्यास गर्ने गरेको भएता पनि खेललाई दिन प्रतिदिन लगाव लगाएर अभ्यास गरेमा खेलाडीले सफलता पाउन सक्ने अवस्था हुम्लामा रहेको छ ।

आज भएको कैलाश माध्यमिक विद्यालय र बालमन्दिर विद्यालय विच भएको भलिबल प्रतियोगिताको प्रथम खेल एक एक खेलको बराबरीमा टुङ्गिएको छ । हावा र पानीको कारण अन्य खेल भोलीबाट नियमित हुने आयोजकले जनाएको छ । त्यसै गरी खार्पुनाथ गाउँपालिका र ताँजाकोट गाउँपालिकामा पनि खेलको आयोजना उद्घाटन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग