२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता ६ सङ्केत देखियो भने व्यायाम गर्न तुरुन्तै रोक्नुहोस्

२०७६, ४ बैशाख बुधबार ०८:१५

व्यायाम गरेर तन्दुरुस्त हुनु मुटुको लागि राम्रो कुरा हो, तर व्यायामको नाममा भारी कसरत गर्नु पनि हानिकारक हुन्छ। आफूलाई सक्दिन जस्तो लाग्न थाल्यो भने एकछिन आराम गर्नुपर्दछ। जबरजस्ती गर्नु मूर्खता हुन जान्छ।

व्यायाम भनेको मुटुको स्वास्थ्यको लागि राम्रो मात्रै होइन कि अति राम्रो कुरा हो। फेरि अधिकांशको विषयमा कुरा गर्नुपर्दा कसरतले बेफाइदा भन्दा फाइदा नै गर्दछ।

साधारणतयाः सामान्य व्यायामको लागि १५० मिनेट अनि भारी व्यायामको लागि ७५ मिनेट समय छुट्याउनुपर्ने ‘अमेरिकन हार्ट एसोसियसन’ले सुझाव दिएको छ। तैपनि जोशमा आएर शरीर तातेको मौका पारी तीव्र व्यायाम गर्नु पनि राम्रो हुँदैन, विशेष गरी मुटुको समस्या हुने व्यक्तिले त झन् लापरवाही गर्नै हुँदैन। किनभने यस्तो अवस्थामा भारी व्यायाम गर्दा खतरनाक अनि घातक समस्या पनि आउने सम्भावना हुन्छ।

कहिलेकाहिँ कसरत गर्दागर्दै आफूलाई नै असामान्य महशुस हुन थाल्यो भने बुझ्नुहोस् कि ‘बढि भयो’। आउनुहोस्, अन्य सङ्केतहरू थाहा पाउनुहोस् जसले व्यायाम बढि भयो भनेर जनाउँदछः

१. तपाईँले चिकित्सकको परामर्श लिनुभएको छैन

यदि तपाईँलाई मुटुको समस्या छ, मतलब तपाईँलाई उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मधुमेहको समस्या छ अथवा धुम्रपान गर्नुहुन्छ, तपाईँको परिवारमा कसैलाई मुटुसम्बन्धी समस्या छ भने व्यायाम गर्न थाल्नुभन्दा पहिले चिकित्सकसँग परामर्श लिनु अनिवार्य हुन आउँछ।

२. मोटोपनाको समस्या छ

हो, नियमित व्यायामले मोटोपनाको समस्यालाई टाढा राख्दछ, तर फेरि भारि व्यायाम गर्दा मोटो व्यक्तिलाई नै बढि खतरा हुने गर्छ। त्यसैले हलुका व्यायाम गर्दै, आराम गर्दै, थोरै-थोरै पानी पिउँदै व्यायाम गर्नु महत्वपूर्ण हुन आउँछ। किनभने एकैदिनमा कोहि पनि ९० बाट ६० मा घट्दैन। साथै व्यायाम गर्दा, आफ्नो मुटुको धड्कन, पसिना आउने दर, थकानको मात्रा अनि शरीरको तापक्रमलाई ध्यान दिइराख्नुपर्दछ। यसबाट तपाईँ आफैले आफ्नो शरीरको बारेमा केहि कुराहरू जान्न सक्नुहुन्छ।

३. मुटु दुख्न थाल्यो

व्यायाम गर्दागर्दै मुटु दुख्ने अनि छात्ती पोलेको जस्तो महशुस हुन थाल्यो भने बुझ्नुहोस् कि अब त्यहाँभन्दा बढि व्यायाम गर्नुहुँदैन। किनभने कतिपयलाई व्यायामले पनि हृदयघातको खतरा निम्त्याउन सक्दछ। यो प्रमाणित तथ्य हो, त्यसैले हेलचेक्र्याइँ नगर्नुहोस्। विशेष गरी, मुटु दुख्नेलगायत रिँगटा लाग्ने, वान्ता हुने, सास फेर्न गाह्रो हुने र अधिक पसिना आउने लक्षण देखिन थाल्यो भने चिकित्सकसँग परामर्श लिनु जरुरी हुन्छ।

४. अकस्मात सास फेर्न गाह्रो भयो

व्यायाम गर्दा तपाईँको सास लिने दर छिटो भएन भने तपाईँलाई व्यायाम पुगेको छैन भनेर बुझिन्छ। तर सास फेर्न नसकेर छिटो छिटो सास लिनुपर्ने भयो भने फेरि त्यसले अर्कै कुराको सङ्केत गरिरहेको हुन्छ। तपाईँलाई दम छ, धुम्रपान गर्नुहुन्छ अनि तपाईँको मुटुमा समस्या छ भने पनि व्यायाम गर्दा सास फुलेर आउने हुन्छ। यस्तो भएमा तुरुन्तै व्यायाम गर्न छोड्नुहोस् र आराम गर्नुहोस्, अवस्था गम्भिर होला जस्तो भएमा तुरुन्तै अस्पताल जानुहोस्।

५. रिँगटा लाग्न थाल्यो

व्यायाम गर्नुभन्दा अगाडि केहि खानुभएन अथवा पिउनुभएन भने, वा अत्याधिक कसरत गर्नुभयो भने पनि रिँगटा लाग्न सक्छ। तर केहि पिएर वा खाएर पनि रिँगटा लाग्न छाडेन भने चाहिँ त्यसले निर्जलीकरण, मधुमेह, कम रक्तचाप वा मस्तिष्कको समस्यालाई सङ्केत गरिरहेको हुन्छ। तसर्थ, यस्तो भएमा तुरुन्तै व्यायाम गर्न छोड्नुहोस् र आराम गर्नुहोस्।

६. मांशपेसी बाउँडियो

मांशपेसी बाउँडिनुको मतलब तपाईँको शरीरले पर्याप्त ऊर्जा पाइरहेको छैन भन्ने बुझाउँछ। तर व्यायाम गर्दा गर्दै विशेष गरी खुट्टाको मांशपेसी बाउँडियो भने चाहिँ त्यसले खुट्टाको रक्तनसामा पर्याप्त रगत सञ्चार भएको छैन भन्ने बुझाउँछ। त्यसैले यस्तो अवस्था आएमा एकचोटि चिकित्सकलाई सोधेर के भएको बुझ्दा उचित हुन्छ। किनभने यसले पछि पनि ठूलो समस्या निम्त्याउन सक्दछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय