2026-09-18 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक किसानले मौषमका कारण लगातार २ बर्षसम्म अन्न फलाउन नसकेपछि… (धार्मिक कथा)

धार्मिक/कथा । कुनै एक गाउँमा एक किसान बस्दथे । एकदिन उनले लगाएको सबै अन्नबाली बाढीले बगाईदियो । अर्को बर्ष ति किसानले फेरी अन्नबाली लगाए, तर त्यो बर्ष पानीनै परेन । लगातार दुई बर्षसम्म आफूले लगाएको अन्नबाली सफल नभएपछी ति किसान भगवानसँग रिसाए र भगवानलाई गाली गर्न थाले ।

ति किसानले आफूलाई गाली गर्दै गरेको सुनेर भगवान प्रकट भए । भगवानले किसानलाई जे इच्छा छ वरदान स्वरूप माग्न भने । किसानले भने कि- ‘मात्र एक बर्ष मलाई मौका दिनुहोस्, जस्तो मौषम म चाहन्छु, त्यस्तै होस् । त्यसपछि तपाइँ हेर्नुहोस् कि म कसरी अन्नको भन्डार भर्नेछु ।’ भगवानले उनले मागे अनुसारको वरदान दिए ।

ति किसानले गहुँको बाली लगाए । त्यस बर्ष ति किसानले जस्तो मौसम चाहे त्यस्तै भयो । समयसँगै उनको अन्नबाली हुर्कियो र ति किसान निकै खुसि भए । किनकी यस्तो अन्नबाली पहिले कहिल्लै सप्रिएको थिएन । किसानले सोचे अब भगवानलाई थाहा हुनेछ कि फल कसरी लाग्छ, बेकारमा हामी किसानलाई यत्रो बर्षसम्म तनाव झेल्नु पर्यो ।

अब अन्नबाली काट्ने बेला पनि भयो, किसान निकै खुसि भएर खेतमा गए, तर जब उनले गहुँ काट्न खोजे तब उनले थाहा पाए कि बालीमा गहुँको दानानै थिएन । यो देखेर किसान निकै दु:खी बने र भगवानलाई भने- ‘भगवान ! तपाइले यस्तो किन गर्नुभयो ?’

भगवान प्रकट भए र भने – ‘यो त हुनुनै थियो, तिमीले अन्नबालीलाई संघर्ष गर्ने अलिकति पनि मौका दिएनौ । जे बालीलाई चाहिएको थियो त्यसै अनुरुप सबै कुरा पुरा गरिदियौ । यसैले सबै बिरुवा फोस्रा बने । जब आंधी र तेज बर्षा हुन्छ तब बिरुवाले परिस्थिति अनुसार आफैले आफैलाई बचाउने संघर्ष गर्छ, जसको कारण उसको भित्र छुट्टै ऊर्जाको संचार हुन्छ । त्यसैको उर्जाको प्रभावले अन्न उत्पादन हुन्छ । तर तिमीले त्यसो हुन दिएनौ । यो बिरुवाले कुनै संघर्ष नै गर्नु परेन जसको कारण कुनै फल नै लागेन । 

भगवानको कुरा सुनेर किसानलाई आफ्नो गल्ति महशुस भयो । 

जीवनमा कयौ पटक यस्ता समय पनि आउँछ जब हामी बिबिध कारणले हताश हुन पुग्छौं तब भगवानलाई त्यसको दोष दिन्छौं । यदी हामीलाई जीवनमा कुनै तनावनै भएन भने र सबै जे हामीले चाहेको हो त्यहि भयो भने हामीलाई संघर्षको महत्व नै थाहा हुँदैन । चुनौती नहुने हो भने हामी पनि माथि किसानको फल जस्तै फुस्रो हुन्छौं । संघर्षले जीवनमा धेरै कुरा सिकाउँछ । यदी हामी आफ्नो जीवनमा अगाडी बढ्न चाहन्छौं भने हामीले कयौं विपरीत परिस्थितिको सामना गर्नुपर्छ । जीवनमा आउने बिभिन्न परिस्थितिसँग जुध्न नसक्ने हो भने जीवनमा अगाडी बढ्न असम्भव जस्तै हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई