२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक किसानले मौषमका कारण लगातार २ बर्षसम्म अन्न फलाउन नसकेपछि… (धार्मिक कथा)

४ बैशाख २०७६, बुधबार १०:२१

धार्मिक/कथा । कुनै एक गाउँमा एक किसान बस्दथे । एकदिन उनले लगाएको सबै अन्नबाली बाढीले बगाईदियो । अर्को बर्ष ति किसानले फेरी अन्नबाली लगाए, तर त्यो बर्ष पानीनै परेन । लगातार दुई बर्षसम्म आफूले लगाएको अन्नबाली सफल नभएपछी ति किसान भगवानसँग रिसाए र भगवानलाई गाली गर्न थाले ।

ति किसानले आफूलाई गाली गर्दै गरेको सुनेर भगवान प्रकट भए । भगवानले किसानलाई जे इच्छा छ वरदान स्वरूप माग्न भने । किसानले भने कि- 'मात्र एक बर्ष मलाई मौका दिनुहोस्, जस्तो मौषम म चाहन्छु, त्यस्तै होस् । त्यसपछि तपाइँ हेर्नुहोस् कि म कसरी अन्नको भन्डार भर्नेछु ।' भगवानले उनले मागे अनुसारको वरदान दिए ।

ति किसानले गहुँको बाली लगाए । त्यस बर्ष ति किसानले जस्तो मौसम चाहे त्यस्तै भयो । समयसँगै उनको अन्नबाली हुर्कियो र ति किसान निकै खुसि भए । किनकी यस्तो अन्नबाली पहिले कहिल्लै सप्रिएको थिएन । किसानले सोचे अब भगवानलाई थाहा हुनेछ कि फल कसरी लाग्छ, बेकारमा हामी किसानलाई यत्रो बर्षसम्म तनाव झेल्नु पर्यो ।

अब अन्नबाली काट्ने बेला पनि भयो, किसान निकै खुसि भएर खेतमा गए, तर जब उनले गहुँ काट्न खोजे तब उनले थाहा पाए कि बालीमा गहुँको दानानै थिएन । यो देखेर किसान निकै दु:खी बने र भगवानलाई भने- 'भगवान ! तपाइले यस्तो किन गर्नुभयो ?'

भगवान प्रकट भए र भने – 'यो त हुनुनै थियो, तिमीले अन्नबालीलाई संघर्ष गर्ने अलिकति पनि मौका दिएनौ । जे बालीलाई चाहिएको थियो त्यसै अनुरुप सबै कुरा पुरा गरिदियौ । यसैले सबै बिरुवा फोस्रा बने । जब आंधी र तेज बर्षा हुन्छ तब बिरुवाले परिस्थिति अनुसार आफैले आफैलाई बचाउने संघर्ष गर्छ, जसको कारण उसको भित्र छुट्टै ऊर्जाको संचार हुन्छ । त्यसैको उर्जाको प्रभावले अन्न उत्पादन हुन्छ । तर तिमीले त्यसो हुन दिएनौ । यो बिरुवाले कुनै संघर्ष नै गर्नु परेन जसको कारण कुनै फल नै लागेन । 

भगवानको कुरा सुनेर किसानलाई आफ्नो गल्ति महशुस भयो । 

जीवनमा कयौ पटक यस्ता समय पनि आउँछ जब हामी बिबिध कारणले हताश हुन पुग्छौं तब भगवानलाई त्यसको दोष दिन्छौं । यदी हामीलाई जीवनमा कुनै तनावनै भएन भने र सबै जे हामीले चाहेको हो त्यहि भयो भने हामीलाई संघर्षको महत्व नै थाहा हुँदैन । चुनौती नहुने हो भने हामी पनि माथि किसानको फल जस्तै फुस्रो हुन्छौं । संघर्षले जीवनमा धेरै कुरा सिकाउँछ । यदी हामी आफ्नो जीवनमा अगाडी बढ्न चाहन्छौं भने हामीले कयौं विपरीत परिस्थितिको सामना गर्नुपर्छ । जीवनमा आउने बिभिन्न परिस्थितिसँग जुध्न नसक्ने हो भने जीवनमा अगाडी बढ्न असम्भव जस्तै हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान