2026-08-24 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा नेकपा त्याग्नेको लर्को, ४२ कार्यकर्ता कांग्रेसमा प्रवेश

बैशाख ५, खोटाङ | नेपाल कम्युनिष्ट पार्टीका ४२ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कम्युनिष्ट सरकारप्रति वितृष्णा र निराशा भएको भन्दै उनीहरुले मुलुकमा कांग्रेसमात्र सच्चा जनताको भावना बुझ्ने पार्टी भएको भन्दै ऐंसेलुखर्क गाउँपालिका –१ राखाबाङ्देलका नेकपाका कार्यकर्ता कांग्रेसमा आएका हुन् । खोटाङ कांग्रेसको आयोजनामा मंगलबार भएको नयाँ वर्ष २०७६ सालको शुभकामना आदान–प्रदान तथा आमसभा कार्यक्रममा पूर्व नेकपा एमाले तथा माओवादी पार्टी परित्याग गरि उनीहरु कांग्रेसमा प्रवेश गरेको कांग्रेसका जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख समिर राईले जानकारी दिए । 

राखाबाङ्देलका पूर्व एमालेका वडा सचिव श्याम राईसहितको टोली कांग्रेसमा प्रवेश गरेका छन् ।  नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरुमा संजय राई, पूर्ण बहादुर मोची, रविन मोची, रामकुमार मोची, गुणाधन मोची, किस्वट राई, प्रकाश गिरी, रमेश गिरी, नारायण मोची, नेत्र बहादुर भुजेल, युवराज राई, रमिला परियार, कुमार राई छन् । यस्तै, सोही स्थानका खड्ग बहादुर सुनुवार, असारमान राई, बिनोद राई, सुरेन्द्र राई, राजन राई, सुमन राई, आषिश राई, सन्देश राई, श्याम थापा, दिपेश राई, मदन तामाङ, रोशन तामाङ, छत्र तामाङ, महेन्द्र तामाङ, वीरकुमार सुनुवार, गोवर्धन राई कांग्रेसमा प्रवेश गरेका छन् । 

यसैगरी, राजकुमार तामाङ, मोहन राई, सन्तोष विष्ट, खिल बहादुर बस्नेत, हेमकाजी खुलाल, नीरकुमार तामाङ, भद्रलाल तामाङ, जोन राई, सेर्वा राई, सुजन राई, हुरोन राई लगायत नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । 

मुलुकमा लोकतन्त्र प्राप्त भएपनि कम्युनिष्ट सरकार लोकतन्त्रको रक्षाको सट्टा अधिनायकवादतर्फ उन्मुख भएकाले कांग्रेसमा प्रवेश गर्नु परेको उनीहरुले बताएका छन् । पार्टीमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई खोटाङ कांग्रेसका सभापति नरेशकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, पूर्व सांसद तथा महासमिति सदस्य सरस्वती बजिमयले माला अविर लगाएर स्वागत गर्दै पार्टीको चारतारे झण्डा हस्तान्तरण गरेकी छिन् । नव प्रवेशीहरुको लर्कोलाई आधार मान्दै खोटाङ कांग्रेसका जिल्ला सभापति श्रेष्ठले कांग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको दावी गरे । नव प्रवेशीलाई योग्यता र क्षमताको आधारमा उचित स्थान दिने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रम नेपाली कांग्रेस एेंसेलुखर्क गाउँपालिकाका संयोजक हरेरामराज भण्डारीको सभापतित्वमा भएको थियो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि तथा ऐंसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौला लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन