वैशाख ६, काठमाडौँ | दिल्लीको घरेलु मैदानमा भएको खेलमा मुम्बईले दिल्लीलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ । दिल्लीको घरेलु मैदान फिरोजशाह कोटलामा आइपीएलको ३४ औं खेलमा मुम्बई इन्डीएन्सले खेल जितेको हो । यस अघि मुम्बईमै गएर दिल्लीले मुम्बईलाई पराजित गरेको थियो, त्यसैको बदला स्वरूप मुम्बईले दिल्ल्लीको घरेलु मैदानमा दिल्लीलाई नै पराजित गरेको छ ।
खेलमा पहिले टस जितेर मुम्बईले ब्याटिङ रोजेको थियो । खेलको क्रममा पुरा २० ओभरको खेल खेल्दै मुम्बईले ५ विकेटको क्षेतिमा १६८ रन जोड्यो । दिल्लीको टीमले मुम्बईबाट पाएको १६९ रनको लक्ष्य पुरा ओभर खेलेर ९ विकेट गुमाउदा पनि पुरा गर्न सकेन । उसले २० ओभरको पुरा खेलमा १२८ रन मात्र बनाउन सक्यो । मुम्बईको लागि रोहित शर्माले ३०, डी ककले ३५, हार्दिक पाण्डेले ३२ र कृणाल पाण्डेले नट आउट ३७ रनको पारी खेलेका थिए । दिल्लीको लागि कगीसो रबडाले २ विकेट, अमित मिश्र र अक्षेर पटेलले १/१ विकेट लिए ।
खेलमा मुम्बईले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीका लागि पृथ्वी शाले २० रन, शिखर धावनले ३५ रन, कोलिन मुनरोले ३ रन, श्रेयस ऐएरले ३ रन, रिशभ पन्तले ७ रन, अक्षर पटेलले २६ रन, क्रिस मोरिसले ११ रन, कगीसो रवाडाले ९ रन, अमित मिश्रले नट आउट ६ रन जोडे । यसरी दिल्लीले कुल २० ओभरको खेलमा १२८ रन मात्र जोड्न सक्यो । दिल्लीलाई सस्तैमा समेट्नको लागि मुम्बईका राहुल चाहरले ३, जस्प्रीत बुम्राहले २, क्रुनाल पाण्डेले १, लासिथ मालिंगाले १ र हार्दिक पाण्डेले १ विकेट लिए ।
खेल जितेसँगै मुम्बई इन्दिएन्सले आईपीएल सिजन १२ को ३४ औं खेलसम्मको अंकतालिकामा दिल्लीको स्थानलाई तेश्रोमा झार्दै आफूलाई दोश्रो स्थानमा पुर्याएको छ । पहिलो स्थानमा चेन्नई सुपरकिंग्सले ९ खेलमा ७ खेल जितेको छ भने मुम्बई इन्डीएन्सले ९ खेलमा ६ खेल जित्दै दोश्रो स्थान लिएको छ । त्यस्तै दिल्ल्ली क्यापिटलले ९ खेलमा ५ खेल जित्दै तेश्रो स्थान लिएको छ । यता चौथो स्थानमा किंग्स इलाभेन् पन्जाव छ, उसले ९ खेलमा ५ खेल जितेको छ । बाँकी ४ टिमले ८/८ खेल खेलेका छन् । जसमा हैदरावाद, कोल्काता, राजस्थान र ब्यांग्लोरले क्रमश ४, ४, २ र १ खेल जितेका छन् ।