बैशाख ६, काठमाण्डौ । नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ ।

यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ सेवा समावेश छन् ।

विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसईईको प्रवेश पत्र र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान लिएर जानु पर्नेछ ।

यस्ता छन् पहिलो सिमका अफरहरु :

एसईई सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र १७.७० रुपैयाँमा दैनिक डाटा प्याकहरु: दिनको प्याकमा ३०० एमबी, जुन बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राति ११ बजेदेखि बिहान ७ बजेसम्म कायम रहनेछ ।

सिम सुचारु गरेपछि यदी ग्राहकले ५० रुपैयाँ वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाको लागि १०० एमबी डाटा र १०० एसएमएस सित्तैमा प्राप्त गर्नेछन् ।

यस्तै माइ फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि ० पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि जोडिन सक्नेछन् ।

यो पहिलो सिम अफर यही २०७६ वैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरिएको छ । थप जानकारी १७१०३ डायल गरी प्राप्त गर्न सक्नु हुनेछ ।

April 19, 2019
काठमाडौँ - KTM, बिशेष खबर
एसईई दिएर बसेका विद्यार्थीका लागि एनसेलले ल्यायो सिम अफर, यस्ता छन् सुविधै सुविधा
By kit
3 मिनेट पढाइ