2026-09-19 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेतो दाह्री, अनुहारमा थकान, साथमा श्रीमती: विदेशबाट उपचार गरेर फर्किए अक्षय कुमार

५१ बर्षका अक्षय कुमार विदेशमा आफ्नो उपचार गरेर स्वदेश फर्किएका छन् । एयरपोर्टमा अक्षयकि श्रीमती ट्विङकलसँग अक्षयलाई देख्दा उनको सेतो दाह्री र अनुहारमा थकान देख्न सकिन्थ्यो । उनले टोपी लगाएका थिए । त्यस क्रममा अक्षयसँग केहिले सेल्फी लिने कोशिस गरे तर उनले स्वीकार गरेनन् । 

भारतीय संचारमाध्यममा आएको समाचार अनुसार अक्षय हाइड्रोथेरापी ट्रीटमेन्ट लिनको लागि जर्मनी गएका थिए । संचार मध्यमहरुले उल्लेख गरे अनुसार, हरेक बर्ष गर्मी मौषममा अक्षय यो थेरापी लिनको लागि जाने गरेका छन् । जुन थेरापी उनले आफूलाई चुस्त-दुरुस्त राख्नको लागि गर्ने गरेका छन् । किनकी अक्षय बलीवुडका त्यस्तो स्टारमा पर्छन, जो आफ्नो धेरैजसो स्टन्ट आफै गर्न मन पराउँछन् । ५१  बर्षको उमेरमा पनि उनि रिस्क लिन डराउदैनन् । उनकी पछिल्लो फिल्म केसरीमै पनि कयौं एक्शन सीन अक्षय आफैले गरेका थिए, जसमा ‘रोप क्लाइम्बिङ’ पनि गरिएको छ ।

हाइड्रोथेरेपीमा पानीको माध्यमबाट समस्याहरुको उपचार गरिन्छ । आजकालको भागदौडले भरिएको जीवनमा थेरापी हरेक कामकाजी मानिसको लागि थकान र तनाव हटाउनको लागि महत्वपूर्ण हुन्छ । यो थेरापीले केवल मांशपेशीलाई मात्र ठीक गर्दैन, यसले मानव शरीरलाई मेन्टेन गर्नमा मद्धत पुर्याउँछ । 

अक्षयको आगामी कामको कुरा गर्ने हो भने उनले अब बिभिन्न ४ फिल्ममा काम गर्दै छन् । जसमा सूर्यवंशी, मिशन मंगल, ‘गुड न्यूज’ र ‘हाउसफुल ४’ रहेका छन् । आगामी कामको चापलाई ध्यान दिंदै उनले जर्मन पुगेर हाइड्रोथेरापी ट्रीटमेन्ट गरेर फर्किएको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ