२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिपको उत्कृष्ट ३ विकेटसँगै दिल्लीले पन्जावलाई हरायो, कप्तानले यसरी गरे सन्दिपको तारिफ

२०७६, ७ बैशाख शनिबार १९:४१

वैशाख ८, काठमाडौँ | इन्डियन प्रीमियर लीगको १२ औं सीजन अन्तर्गत ३७ औं खेल फिरोजशाह कोटला मैदानमा भयो । उक्त खेलमा दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पन्जाबबीच खेल भयो । जुन खेलमा दिल्ली क्यापिटलले पन्जावलाई ५ विकेटले पराजित गर्यो । खेलमा श्रेयस अय्यर र शिखर धवनको शानदार ब्याटिङको मद्धतले दिल्ली क्यापिटलले पन्जाव विरुद्ध जित हाँशिल गरेको हो । 


खेलमा जितका लागि दिल्लीका श्रेयस अय्यरले नट आउट (५८ रन) र शिखर धवनले (५६ रन) को शानदार ब्याटिङ गरे । त्यस्तै दिल्लीको लागि ओपनर ब्याट्सम्यान पृथ्वी शाले ११ बलमा १३ रन बनाए । त्यस्तै रिशभ पन्तले ७ बलमा ६ रन, कोलिन इन्ग्रामले ९ बलमा १९ रन, अक्षेर पटेलले १ रन र शेरफान रुथफर्डले २ रन जोडे ।  यसरी दिल्लीले २० ओभरको खेल सकिन २ बल बाँकी छंदै कुल १६६ रन जोडेर जित हात पार्यो । दिल्लीको विकेट लिने क्रममा पन्जावका हार्दुस भिलजोइनले २ विकेट र मोहम्मद शमीले १ विकेट लिए । दिल्लीको २ विकेट रन लिने क्रममा गुमाउन पुग्यो । 

खेलमा पहिले ब्याटिङको निम्तो पाएको किंग्स इलाभेन पन्जावले पुरा ओभरमा ८ विकेट गुमाई १६३ रन बनाएको थियो । १६३ रन जोड्ने क्रममा पन्जावका क्रिस गेलले सर्वाधिक ६९ रन जोडे । उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गरि उक्त रन जोडेका हुन् । उनको आक्रामक पारीलाई नेपालका सन्दिप लामिछानेले अन्त्य गर्दै महत्वपूर्ण विकेट लिए । त्यस्तै पन्जावका लागि केएल राहुलले ९ बलमा १२ रन, मयंक अग्रवालले ९ बलमा २ रन, डेभिड मिलरले ५ बलमा ७ रन, मनदीप सिङले २७ बलमा ३० रन जोडे भने साम कुरानले कुनै रन नजोडी ४ बल खपत गरेर आउट भए । खेलमा रविचन्द्र आश्वीनले १४ बलमा १६ रन लिए । त्यसपछि आएका हरप्रीत ब्रर र हार्दुस भीलजोइनले नट आउट रही क्रमश २० र २ रन बनाए । 


पन्जावको ७ विकेट लिने क्रममा दिल्ली क्यापिटलका सन्दिप लामिछानेले ३ विकेट लिए । सन्दीपले केएल राहुल, क्रिस गेल र साम कुरानको विकेट लिएका हुन् । सन्दिप लामिछानेले ३ महत्वपूर्ण विकेटका बाबजुत महँगो रन दिए उनले आजको खेलमा ४ ओभरमा १२ डट बल खेल्दै ४० रन दिए । त्यस्तै खेलमा कगीसो रवाडाले २ विकेट लिए भने अक्षर पटेलले २ विकेट लिए । 


खेल पछि कमेन्न्ट्रीबक्समा कमेन्टले सन्दिप लामिछानेलाई आजको पिचमा खेलाउदा रन स्कोर महँगो भए पनि उनले लिएको ३ विकेटको बारेमा जिज्ञाशा राखेपछि कप्तान श्रेयस ऐयरले भने 'उ धेरै कन्फीडेन्ट छ, उसले सिनियर बलर अमित मिश्रसँग पनि धेरै अनुभव सिकिसकेको छ । लामिछाने राम्रो खेलाडी हो ।'


आजको खेलमा सन्दिप लामिछानेले एफबिबि प्लेयर अफ अवार्ड प्राप्त गरे । उनले आइपीएलको आज सहित खेलेका कुल ८ खेलमा १० विकेट  विकेट लिईसकेका छन् भने उनको इकोनोमी रेट ७.७१ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला