2026-07-25 09:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा एकै दिनमा ३७ लाई मृत्युदण्ड

काठमाडौं । साउदी अरबले आतकंवादी घटनामा संलग्न भएका भन्दै ३७ जनालाई मृत्युदण्ड दिएको छ । मंगलबार साउदी सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’ यो जानकारी दियो । 

अधिराज्यको गृह मन्त्रालयको जारी गरेको एक विज्ञप्ती अनुसार ३७ मध्ये एक अभियुक्तलाई सुलीमा चढाइयो । सामान्यतया साउदी अरबमा घाँटी काटेर मृत्यु दिने प्रचलन छ । राज्यको कानुनअनुसार अत्यन्त जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्डपछि सुलीमा चढाइन्छ ।

‘उग्रवादी आतंकवादी विचारधारा अंगिकार गरेका र आतंकवादी समूह निर्माण गरेकोमा कयैन अपराधीलाई मृत्युदण्ड दिइयो । तिनले सुरक्षा व्यवस्था भड्काउने र सम्प्रदायीक विग्रह फैलाउने अभिप्राय देखिन्थ्यो,’ साउदी प्रेस एजेन्सीले गरेको एक ट्वीटमा उल्लेख छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा मृत्युदण्ड दिइएका सबैको नामावली पनि दिइएको छ । मृत्युदण्ड दिइएका अधिकांश साउदी अरबको अल्पसंख्यक सिया समुदायका छन् । सजाय दिइएका ११ व्यक्तिलाई इरानको लागि जासुसी गरेको दोष लगाइएको छ । कम्तिमा पनि १४ व्यक्तिलाई सन् २०११ र २०१२ बीच देशको पूर्वी भागमा भएका सरकार विरोधी प्रदर्शनकारी छन् । 

मंगलबारको सरकारी वक्तव्यमा अबुकरिम अल–हवाजको नाम पनि उल्लेछ । एम्नेष्टी इन्टरनेशनलका अनुसार उनी पक्राउ पर्दा १६ वर्षका नाबालिग थिए । उनलाई सरकार विरोधी प्रदर्शनमा सहभागी भएकोमा दोषी ठहराइएको थियो ।

एम्नेष्टी इन्टरनेशनले विगतदेखि नै साउदी अरबको न्यायिक प्रणाली स्वच्छ नरहेको बताउदैं आएको छ । मंगलबार मृत्युदण्ड दिइएका आरोपीहरुको मुद्धा सुनुवाईमा पनि अन्तराष्ट्रिय सुनुवाईका मापदण्ड प्रयोग नगरिएको उसको आरोप छ । एम्नेष्टिका अनुसार साउदी अरबमा यातनामार्फत लिइएका बयानलाई ठोस प्रमाणको रुपमा प्रयोग गरिन्छ ।

साउदी अरबले भने एम्नेष्टीको आरोपलाई बारम्बार खण्डन गर्दै आएको छ ।

मृत्युदण्ड दिने सवालमा साउदी अरब विश्वमै अग्रस्थानमा आउँछ । सन् २०१६ जनवरीमा उसले ४७ सम्मलाई मृत्युदण्ड दिएको इतिहास छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक