Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-09-18 09:39 PM
काठमाडौँ - KTM

सावधान ! भुलेर पनि आफ्नो अकाउन्टमा यी पासवर्ड नराख्नुहोस्

काठमाडौं | आफ्ना डिजिटल अकाउन्टको पासवर्ड व्यवस्थापन अहिले सबैभन्दा जटिल विषय हो । व्यक्तिका विभिन्न खाले अनलाइन अकाउन्ट हुन्छन् र यस्ता अकाउन्टको पासवर्ड चयनमा धेरैले सजिलो बाटो रोज्दछन् ।
आफ्नो पासवर्ड आफैले भुल्ने डरले धेरै मानिसले सजिलो खालको पासवर्ड राख्दछन् । जसका कारण जो कोहीले पनि सजिलै पासवर्ड पत्ता लगाउन सक्दछन् । अझ अरुका अकाउन्ट ह्याक गर्ने दाउ रचिरहेका ह्याकरहरुका लागि यस्ता सजिला पासवर्डले झनै सजिलो पारिदिन्छ ।
बेलायतको नेसनल साइबर सेक्योरिटी सेन्टरले हालै एउटा सर्भे गरेको छ । जसअनुसार विश्वको सबैभन्दा कमजोर पासवर्ड १२३४५६ रहेको छ ।
करोडौँ मानिसहरुले आफ्नो अकाउन्टमा यहीँ १२३४५६ लाई पासवर्डको रुपमा राखेका हुन्छन् ।
रिपोर्टअनुसार २ करोड ३२ लाख प्रयोगकर्ताले १२३४५६ लाई पासवर्डको रुपमा प्रयोग गरेका छन् ।
त्यस्तै १२३४५६७८९ लाई पासवर्डको रुपमा प्रयोग गर्ने मानिसको संख्या ७७ लाख रहेको छ । त्यस्तै querty, password तथा १११११ लाई पासवर्ड बनाउनेको संख्या पनि निकै धेरै छ ।
सर्भेका अनुसार आफुलाई सबैभन्दा मन पर्ने सुपरस्टारको नामलाई पासवर्डको रुपमा प्रयोग गर्नेको संख्या पनि कम छैन । यस अनुसार पासवर्डमा सबैभन्दा धेरै प्रयोग भएको पात्र superman हो । त्यस्तै naruto, trigger, pokemon तथा batmanलाई पनि उल्लेख्य मात्रामा पासवर्डको रुपमा प्रयोग गरिएको छ ।
त्यस्तै आफ्नो फेवरेट खेलकुद टीमको नामलाई पनि पासवर्ड बनाउने इन्टरनेट प्रयोगकर्ता लाखौँ छन् । लिभरपुल, चेल्सी तथा आर्सनल जस्ता क्लबहरु पासवर्डको रुपमा प्रयोग हुने मामिलामा अगाडि देखिएका छन्।
शोधकर्ताका अनुसार २ करोड ३० लाख पटक भएका फरक फरक ह्याकिङमा १२३४५६ पासवर्ड भएका अकाउन्टहरु निसानामा परेको पाइएको छ ।
यो रिपोर्टमा सबैभन्दा धेरै प्रयोग भएका १ लाख पासवर्डको सूचि छ जुन ट्राई हन्टले तयार गरेको have I been pwned डाटाबेसबाट लिइएको हो । स्मरण रहोस् ट्राइ हन्टले हालै विश्वकै सबैभन्दा वृहत इमेल आइडी ह्याकिंग काण्डको खुलासा गरेको थियो ।
बेलायतको नेसनल साइबर सेक्योरिटी सेन्टरको रिपोर्ट अनुसार विश्वमा सबैभन्दा कमजोर तथा खतरनाक पासवर्ड यी हुन् :
– 123456
– 123456789
– Qwerty
– Password
– 111111
– 12345678
– abc123
– 1234567
– password1
– 12345
– 1234567890
– 123123
– 000000
– Iloveyou
– 1234
– 1q2w3e4r5t
– Qwertyuiop
– 123
– Monkey
– Dragon
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई