Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
३ पुष २०८२, बिहीबार
काठमाडौँ - KTM

सावधान ! भुलेर पनि आफ्नो अकाउन्टमा यी पासवर्ड नराख्नुहोस्

१२ बैशाख २०७६, बिहीबार ०९:०७

काठमाडौं | आफ्ना डिजिटल अकाउन्टको पासवर्ड व्यवस्थापन अहिले सबैभन्दा जटिल विषय हो । व्यक्तिका विभिन्न खाले अनलाइन अकाउन्ट हुन्छन् र यस्ता अकाउन्टको पासवर्ड चयनमा धेरैले सजिलो बाटो रोज्दछन् ।
आफ्नो पासवर्ड आफैले भुल्ने डरले धेरै मानिसले सजिलो खालको पासवर्ड राख्दछन् । जसका कारण जो कोहीले पनि सजिलै पासवर्ड पत्ता लगाउन सक्दछन् । अझ अरुका अकाउन्ट ह्याक गर्ने दाउ रचिरहेका ह्याकरहरुका लागि यस्ता सजिला पासवर्डले झनै सजिलो पारिदिन्छ ।
बेलायतको नेसनल साइबर सेक्योरिटी सेन्टरले हालै एउटा सर्भे गरेको छ । जसअनुसार विश्वको सबैभन्दा कमजोर पासवर्ड १२३४५६ रहेको छ ।
करोडौँ मानिसहरुले आफ्नो अकाउन्टमा यहीँ १२३४५६ लाई पासवर्डको रुपमा राखेका हुन्छन् ।
रिपोर्टअनुसार २ करोड ३२ लाख प्रयोगकर्ताले १२३४५६ लाई पासवर्डको रुपमा प्रयोग गरेका छन् ।
त्यस्तै १२३४५६७८९ लाई पासवर्डको रुपमा प्रयोग गर्ने मानिसको संख्या ७७ लाख रहेको छ । त्यस्तै querty, password तथा १११११ लाई पासवर्ड बनाउनेको संख्या पनि निकै धेरै छ ।
सर्भेका अनुसार आफुलाई सबैभन्दा मन पर्ने सुपरस्टारको नामलाई पासवर्डको रुपमा प्रयोग गर्नेको संख्या पनि कम छैन । यस अनुसार पासवर्डमा सबैभन्दा धेरै प्रयोग भएको पात्र superman हो । त्यस्तै naruto, trigger, pokemon तथा batmanलाई पनि उल्लेख्य मात्रामा पासवर्डको रुपमा प्रयोग गरिएको छ ।
त्यस्तै आफ्नो फेवरेट खेलकुद टीमको नामलाई पनि पासवर्ड बनाउने इन्टरनेट प्रयोगकर्ता लाखौँ छन् । लिभरपुल, चेल्सी तथा आर्सनल जस्ता क्लबहरु पासवर्डको रुपमा प्रयोग हुने मामिलामा अगाडि देखिएका छन्।
शोधकर्ताका अनुसार २ करोड ३० लाख पटक भएका फरक फरक ह्याकिङमा १२३४५६ पासवर्ड भएका अकाउन्टहरु निसानामा परेको पाइएको छ ।
यो रिपोर्टमा सबैभन्दा धेरै प्रयोग भएका १ लाख पासवर्डको सूचि छ जुन ट्राई हन्टले तयार गरेको have I been pwned डाटाबेसबाट लिइएको हो । स्मरण रहोस् ट्राइ हन्टले हालै विश्वकै सबैभन्दा वृहत इमेल आइडी ह्याकिंग काण्डको खुलासा गरेको थियो ।
बेलायतको नेसनल साइबर सेक्योरिटी सेन्टरको रिपोर्ट अनुसार विश्वमा सबैभन्दा कमजोर तथा खतरनाक पासवर्ड यी हुन् :
– 123456
– 123456789
– Qwerty
– Password
– 111111
– 12345678
– abc123
– 1234567
– password1
– 12345
– 1234567890
– 123123
– 000000
– Iloveyou
– 1234
– 1q2w3e4r5t
– Qwertyuiop
– 123
– Monkey
– Dragon
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट