Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

कर्णालीमा ३० अर्बको बजेट ल्याइने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १२, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले आव २०७६/७७ का लागि रु ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि उक्त आकारको बजेट ल्याउने तयारी गरेको हो ।

बजेट तयारीका लागि मन्त्रालयले जिल्लास्तरमा छलफल कार्यक्रम आयोजना गरिरहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यस वर्षको बजेट कार्यान्वयनमा देखिएका समस्याबाट पाठ सिकेर आगामी वर्षका लागि परिणामुखी बजेट ल्याउने बताउनुभयो ।

सङ्घीय सरकारले आगामी आवका लागि बजेट ‘सिलिङ’ पठाइसकेको छ । वित्तीय समानीकरणमा रु नौ अर्ब ८४ करोड ८३ लाख र राजश्व बाँडफाँटमा रु सात अर्ब ४४ करोड ४३ लाखको सिलिङ तोकिएको छ । मन्त्री ज्वालाले चालू आवमा खर्च हुन नसकेको रु साढे तीन अर्ब यही बजेटमा समावेश गरेर रु ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

चालू आवमा प्रदेश सरकारले रु २८ अर्ब २८ करोडको बजेट ल्याएको थियो । पूर्वाधार, कानूनी संरचना र कर्मचारी अभावका कारण चालू आवमा बजेट कार्यान्वयन हुन नसकेकाले आगामी वर्ष यी समस्या नदोहोरिने उहाँले प्रस्ट पार्नुभयो ।