२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘हिम्मतवाली’ का नायक गौतमविरुद्व रेड नोटिस जारी !

१३ बैशाख २०७६, शुक्रबार ०८:२३

बैशाख १३, काठमाडौं ।  चलचित्र ‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व रेड नोटिस जारी भएको छ । मानव तस्करमा संलग्न रहेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालय मातहतको प्रहरी अपराध संगठन (इन्टरपोल) शाखाले गौतमविरुद्द रेड नोटिस जारी गरेको हो |

प्रहरी हेडक्वार्टरका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीका अनुसार उनीविरुद्व रेड नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।

क्यानाडामा बस्दै आएका गौतमले दुई वर्षअघि नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गरेको भन्दै विवादमा तानिएका थिए ।

केही वर्षअघि गौतमको समूहले फिल्मको सुटिङका नाममा तीन नेपालीलाई अमेरिका लैजाने भन्दै विभिन्न देश हुँदै हाइटी पुर्याएको थियो ।

हाइटीबाट समुद्री बाटोमार्फत उनीहरुलाई अमेरिका पुर्याउने क्रममा बहामास भन्ने देशमा पुगेपछि पानीजहाजका सुरक्षा गार्डले शंका लागेर नियन्त्रणमा लिएका थिए ।

पानीजहाज नियन्त्रणमा परेसँगै गौतम मानव तस्कर कार्यमा संलग्न रहेको भन्दै यो घटना बाहिर आएको थियो । दुवै हात नभएका गौतम केही वर्षअघि सगरमाथा चढेपछि चर्चामा पनि आएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता