2026-09-19 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘हिम्मतवाली’ का नायक गौतमविरुद्व रेड नोटिस जारी !

बैशाख १३, काठमाडौं ।  चलचित्र ‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व रेड नोटिस जारी भएको छ । मानव तस्करमा संलग्न रहेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालय मातहतको प्रहरी अपराध संगठन (इन्टरपोल) शाखाले गौतमविरुद्द रेड नोटिस जारी गरेको हो |

प्रहरी हेडक्वार्टरका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीका अनुसार उनीविरुद्व रेड नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।

क्यानाडामा बस्दै आएका गौतमले दुई वर्षअघि नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गरेको भन्दै विवादमा तानिएका थिए ।

केही वर्षअघि गौतमको समूहले फिल्मको सुटिङका नाममा तीन नेपालीलाई अमेरिका लैजाने भन्दै विभिन्न देश हुँदै हाइटी पुर्याएको थियो ।

हाइटीबाट समुद्री बाटोमार्फत उनीहरुलाई अमेरिका पुर्याउने क्रममा बहामास भन्ने देशमा पुगेपछि पानीजहाजका सुरक्षा गार्डले शंका लागेर नियन्त्रणमा लिएका थिए ।

पानीजहाज नियन्त्रणमा परेसँगै गौतम मानव तस्कर कार्यमा संलग्न रहेको भन्दै यो घटना बाहिर आएको थियो । दुवै हात नभएका गौतम केही वर्षअघि सगरमाथा चढेपछि चर्चामा पनि आएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ