2026-08-24 08:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल: धरान क्वाटरफाइनलमा प्रवेश

वैशाख १३, काँकडभिटा । काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल अन्तर्गत दोस्रो दिनको खेलमा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

शुक्रवार काँकरभिट्टामा माविको खेल मैदानमा सम्पन्न खेलमा धरानले काठमाडौँको च्यासल युथ क्लबलाई  १−० गोल  अन्तरले पाखा लगाउँदै क्वाटरफाइन प्रवेश गरेको हो । क्वाटरफाइनलमा धरानले विभागीय टोली त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

निर्णयका लागि ८१ औँ मिनेट पर्खनु परेको थियो । धरानका मिलन राईले मैदानको मध्य भागबाट एकल प्रयासमा गरेको गोल नै निर्णायक बन्यो । राईले धरानका लागि विदेशी खेलाडी अनिफोवासेको पासमा मैदानको मध्य भागबाट सिगंल खेल्दै सानदार गोल गरेका थिए ।

च्यासल विरुद्ध रक्षात्मक खेलेको धरानका मिलन राईले ६६ औँ मिनेटमा डी एरियाबाट गरेको प्रहार बार नजिकैबाट बाहिरीयो । ७५ औँ मिनेटमा धरानका विदेशी खेलाडी अनिफोसेले च्यासलका गोलरक्षक दिनेश थापा मगर बीट भइसकेको अवस्थामा गरेको प्रहार आकाशियो । 

निर्धारित ९० मिनेटभरी च्यासलले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि उसले गरेका एक दर्जन जति प्रहार गोलमा परिणत हुन सकेका थिएनन् । च्यासलमा २ वटा सशक्त प्रहार पोष्ट बारमा लागेर फर्किए भने अन्य प्रहारले सहि दिशा लिन सकेन । खेलको २० मिनेटमा च्यासलका लागि विदेशी खेलाडी फ्रान्सिस ओएमीको प्रहार बारमा लागेर फर्किएको थियो । २१ औँ मिनेटमा ओइमीकै अर्काे प्रहार पोष्ट नजिकैबाट बाहिरीएको थियो । २२ औँ मिनेटमा च्यासलका अर्का विदेशी खेलाडी अर्मान्ड व्युडनले डी एरियाबाट गरेको प्रहार धरानका गोल रक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे । 

लगातार विपक्षीको आक्रमण बेहोरेको धरानले त्यसपछि सम्हालिने प्रयास गरे पनि अग्रपक्ति फितलो हुँदा स्कोर गर्न सकेको थिएन । खेलको ८४ औँ मिनेटमा च्यासलका ओएमीले गरेको प्रहार पोष्टमा लागेर बाहिरीदाँ खेलमा बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो । 

खेलको म्यान अफ द म्याच खेलमा एक मात्र निर्णायक गोल गर्ने धरानका मिलन राई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । उनलाई एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्बाङले पुरस्कार प्रदान गरेका थिए । शनिवारको पहिलो क्वाटर फाइनल खेल आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र संकटा क्लब काठमाडौँबीच हुने आयोजक क्लबका सचिव अशोक राईले बताए । 

प्रतियोगिताको विजेता टीमले नगद १० लाख १ हजार र उप विजेता टीमले नगद ५ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन