२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तस्करीलाई प्रहरीकै सहयाेग, नुनदेखि सुनसम्म सेटिङ

१४ बैशाख २०७६, शनिबार ०२:०३

बैशाख १४, जनकपुरधाम – सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ । भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन् । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ ।

धनुषाको विदेह नगरपालिका—१ महिनाथपुरमा सशस्त्रको पोस्टभन्दा २० मिटर परको घरबाट जनकपुर भन्सार कार्यालयको टोलीले बुधबार १९ लाखभन्दा बढीको सामान बरामद ग-यो । स्थानीय नवलकिशोर रायको घरमा तस्करी गरी भन्सार छली ल्याइएको कपडा, भाँडावर्तन, खाद्यसामग्रीसहितका ३२ वटा पोका बरामद भएको थियो । नजिकैको सशस्त्र प्रहरी पोस्ट अनभिज्ञ भयो ।

गत चैत १५ गते भन्सारका केही कर्मचारी हंसपुर नगरपालिका—८ मा तस्करीको सामान नियन्त्रण गर्न पुगे । सशस्त्र प्रहरी बेसक्याम्प सोनीगामा भन्दा ५ सय मिटर दुरीमा मोटरसाइकलबाट तस्करीका सामान लगिरहेको समूहलाई कर्मचारीले रोके । चारजना मात्र रहेका भन्सार कर्मचारीलाई तस्कर समूहले घेराबन्दीमा पा-यो । घरेलु हतियार देखाएर कर्मचारीलाई तर्साउँदै तस्करले सबै सामान लुटेर लगे । कर्मचारीले सामान लुटिँदै गरेको भिडियो मोबाइलमा कैद गर्नुबाहेक अरू केही गर्न सकेनन् । नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्पमा खबर गरेको एक घन्टापछि दुईजना प्रहरी कर्मचारी आइपुगे । त्यतिन्जेलसम्म तस्करले कुलेलम ठोकेका थिए । याे समाचार मनिसा झाले अन्नपूर्णमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने