<p>वैशाख १७, काठमाडौं | एनसेल खरिद बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ । नेपाल सरकारले निर्धारण गरेको करविरुद्ध एनसेल अन्तर्राष्ट्रिय अदालत (आरर्बिटेसन)मा जाने लागेको हो ।<br></p><p>सूचना प्रविधि क्षेत्रको समाचार लेख्दै आएको ‘मोबाइल वल्र्ड लाइभ डट कम’ले नेपाल सरकारले गणना गरेको कर हिसाब बेठिक भएको भन्दै एनसेल आर्बिटेसनमा जान लागेको उल्लेख गरेको छ । तर, उसले एनसेल र आजियाटा युकेको अधिकारिक व्यक्तिलाई भने उद्धृत गरेको छैन । </p><p>- यो समाचार नागरिकमा प्रकाशित छ ।</p>
April 30, 2019
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
एनसेल अन्तर्राष्ट्रिय अदालत जाने तयारीमा
By साझासवाल
2 मिनेट पढाइ










