<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>
२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पले दुई वर्षमै १० हजार झूट बोले !

२०७६, १७ बैशाख मंगलवार ०६:२१

बैशाख १७, न्यु योर्क– सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेको वासिन्टन पोष्टमा उल्लेख गरिएको छ। 


सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी र गलत सूचना उल्लेखको संख्या १० हजार नाघेको जानकारी दिएको हो । राष्ट्रपतित्व कालका पछिल्ला महिनामा ट्रम्प झनै झूटो दावी गर्न थालेको पत्रिकाले जनाएको छ ।

ट्रम्पले कार्यभार सम्हालेको ६०१ दिनमा ५ हजार झूट बोलेका थिए । त्यो हिसाबमा उक्त अवधिमा उनले औसतमा दैनिक ८ वटा झूट बोले । त्यसपछिका २२६ दिनको समयमै ५ हजार झूटो कुरा बोले । त्यसपछिका पछिल्ला २२६ दिनमा ट्रम्पले दैनिक २३ झूटो दावी प्रस्तुत गरे । 

ट्रम्पको झूटो बोल्ने दर रुसको हस्तक्षेपबारे रोबर्ट मुलरको रिपोर्ट प्रकाशन भएको समयमा उलेख्य वृद्धि भएको पाइयो । त्यस्तै सिमानामा प्रस्ताव गरिएको पर्खालका कारण सरकारी कामकाज आशिंक बन्द हुदाँ पनि त्यस्तै वृद्धि देखिएको थियो । अर्को बढी झूट मध्यवर्ती चुनावको बेला भएका चुनावी प्रचारमा देखियो । 

ट्रम्पले गलत सूचना व्यक्त गर्ने प्याटफर्म दक्षिणपन्थी समाचार संस्था फक्स न्युजका अन्तरवार्ता र ट्वीट देखिएका थिए ।  

वासिन्टन पोष्टले ट्रम्पले कस्ता विषयमा झूट बोल्छन् भन्ने कुराको पनि वर्गीकरण गरेको छ । पोष्टका अनुसार उनले बोल्ने कुल झूटमध्य पाँचमा एक आप्रवासन सम्बन्धी थियो । एउटै कुरा सबैभन्दा धेरै झूट सिमाना पर्खाल निर्माण भइरहेको छ भन्ने थियो । जबकि पर्खाल निर्माण सुरु नै भएको छैन । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने