2026-09-18 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

र्‍याल जाँचेर मान्छेको आयु पत्ता लगाउन सकिने !

वैज्ञानिकहरुले यस्तो प्रविधि पत्ता लगाएका छन् जसबाट मानिसको र्‍याल परीक्षण गरेर आयु पत्ता लगाउन सकिन्छ । अर्थात् अब तपाइँले आफु कति वर्षसम्म बाँच्छु भन्नका लागि आफ्नो र्‍याल परीक्षण गरे पुग्ने भएको छ ।

शोधकर्ताहरुका अनुसार र्‍यालमा हुने एन्टीबडी प्रोटिनको मात्राले मानिस कतिसम्म बाँच्दछ वा कति छिटो मर्दछ भन्ने कुराको निक्याैल गर्न सकिन्छ ।

यो निष्कर्षमा पुग्नका लागि शोधकर्ताहरुले सन् १९९५ मा ६३९ जना प्रौढ मानिसहरुको र्‍यालको नमूना संकलन गरेका थिए र त्यसलाई लगातार १९ वर्षसम्म परीक्षण गरेका थिए ।

त्यसक्रममा उनीहरुले र्‍यालमा पाइने सेक्रेटोरी इम्युनोग्लोबिन ए अर्थात् आइजिएको मात्राबाट मानिसको मृत्यु कहिले हुन्छ भन्ने कुराको अनुमान गर्न सफल भए ।

बेलायतको बर्मिंघम विश्वविद्यालयका शोधकता डाक्टर अन्ना फिलिप्सका अनुसार र्‍यालमा एन्टीबडीको मात्रा निकै घट्दै जानु भनेको मृत्यु नजिक आउँदैछ भन्ने कुारको प्रमाण हो । सरीरमा संक्रमण हुँदा सेता रक्तकोषले एन्टीबडीको उत्पादन गर्दछ जसले संक्रामक जिवाणु वा कोषिकालाई नष्ट गर्दछ ।

शोधकर्ताका अनुसार सरीरमा हुने संक्रमण, तनाव तथा अन्य खाले शारीरिक-मानसिक विमारीका कारण पनि यस्तो एन्टीबडीको मात्रामा घटबढ हुने भएकाले एन्टीबडीको मात्रा र मृत्युको भविष्यवाणीलाई अझ भरपर्दो बनाउनका लागि अन्य पक्षहरुसँग यसको सम्बन्धको गहन अध्ययन आवश्यक छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई