वैशाख १८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत अहिले चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । आईपीएलको प्ले अफमा स्थान बनाएको दिल्ली र चेन्नईको खेलले चेन्नई वा दिल्लीलाई प्ले अफको शिर्ष स्थानमा राख्नेछ । रनरेटको आधारमा दिल्ली चेन्नई भन्दा माथि छ ।
चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा रहने लक्ष्यसहित मैदान उत्रिएका छन् । खेलमा दिल्लीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । यो क्रममा चेन्नईले दिल्ली सामु ४ विकेटको क्षेतीमा १८०
रनको लक्ष्य प्रस्तुत गरेको छ । प्ले अफमा पुगिसकेका दुवै टोली दबाब रहित छन् । तर, शीर्ष स्थानमा रहनको लागि दुवैको आजको खेल निकै महत्वपूर्ण रहनेछ ।
खेलमा पहिले ब्याटिङ गरेको चेन्नईको लागि फाफ दुप्लेसीले ३९ रन, सुरेश रैनाले ५९ रन, महेन्द्र सिङ धोनीले नट आउट २२ बलमा ४४ रन, रविन्द्र जाडेजाले २५ रन र अम्बती रायडुले ७ रन जोडेर चेन्नईको स्कोर १७९ बनाएका थिए । चेन्नईको ४ विकेट लिने क्रममा दिल्लीका जगजित सुचितले २ विकेट लिए भने क्रिस मोरिस र अक्षेर पटेलले १/१ विकेट लिएका थिए ।
खेलमा १८० रनको लक्ष्य दिएको चेन्नईको लागि दिल्लीका क्रिस मोरिस निकै महँगा सावित भए । उनले ४ ओभर खेलेर १ विकेट लिएर ४७ रन बनाउन दिएका थिए । जुन दिल्लीको लागि निकै खराव पर्दर्शन हो । क्रिस मोरिसको स्थानमा सन्दिपलाई खेलाईएको भए आज सन्दिपले क्रिस मोरिसको महँगो खेललाई कम गर्न सक्ने अनुमान गर्न सकिन्छ । यदी आज दिल्ली पराजित भए क्रिसको स्थानमा सन्दिपलाई नराख्नुको आलोचना दिल्लीले खेप्नुपर्नेछ ।
यो समाचार तयार पार्दासम्म चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले ब्याटिङ गर्दैछ । खेलआ ५.२ ओभरको खेलसम्ममा १ विकेट गुमाएर दिल्लीले ५२ रन जोडेको छ । क्रिजमा दिल्लीका श्रेयस ऐयर र शिखर धावन खेल्दैछन् ।