६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आशाको लुकाछुपी

१८ बैशाख २०७६, बुधबार १७:३१

बचपना देखिको मायाको परिकल्पना अनि सपना अझै पनि उस्तै छ | 

बीचमा धेरै आयो मायाको मन्द झोका अनि यसको सिरेटोले मलाई झकझकाउन तर मेरो मन पनि पिपलको पात जस्तै जता आउछ झोका त्यता फर्क्यो |अहिले २० बर्षे जवानीको तातो-तातो अवस्था अनि यसअघि जति पनि आएको मनको उछालले मलाई अहिले सम्मान मिठो मायाको परिभाषा महसुस भएको छैन | बैशले मातिएको बेलामा प्रेमको प्रस्ताब धेरै आयो अनि धेरै गरे पनि – तर त्यो अर्थहीन भयो | 

प्रेमले रूझेका मेरा सपनाहरु अझै पनि जस्ताका त्यस्तै छन् | अझै पनि यो मन त्यहि मिठो मायाको परिभाषा खोज्दै भौतारीरहेको छ | सपना देखाऊने अनि बिपनालाई तितो बनाउनेहरुको कमि छैन, म पनि यहि तितो जवानीलाई मायाको मिठो परिभाषासंग मिसाएर जीवनलाई अर्थपूर्ण बनाउने प्रयासमा छु तर पनि – असफल ! 

बाल्यकालमा मनमा सजिएको उनको तस्बिर आज सम्मान याद आउंछ | मेरो जिन्दगिको पहिलो यादगार बन्न पुगिन उनि, बीचमा हामीहरु सम्पर्क बिहिन भयौं, त्यो समयमा धेरै नै सपना बाढ्ने सहयात्रीहरु भेटें मैले, तर मेरो जीवनको प्राथमिकतामा पर्दैनन् तिनीहरु अहिले पनि | जीवनमा अहिले उसको नै खोजि छ – जहाँ म उसको नजरमा लुप्त हुन पाए, जहाँ म उसको अंगालोमा बाधिन पाए, जहाँ म उसको  मुस्कानमा हराउन पाए, जहाँ म उसलाई घन्टौ हेरर संसार बिर्सेन पाए, भने साच्चैनै मेरो जीवनमा बसन्त छाउने थियो, तर कहाँ मैले सोच्या जस्तो हुँदो रहेछ र ? मैले उनीसंग कुरा त गर्दै गएँ तर उसको नजरमा म गलत रहेछु | म पनि त्यस्तै स्वार्थी जुन बेलामा मन हुन्थो त्यो बेलामा मात्र बोल्ने अनि मनको कुरा पोख्ने | मेरो सहयात्रीहरुको बारेमा उनिलाई थाहा थियो, अनि तिनीले मलाई कसरि बिश्वास गर्ने – यसले मलाई माया गर्छ भनेर |

यस्तै दिनहरु बित्दै गयो, मैले पनि बेला-बेलामा मात्र वास्ता गर्थें, मैले बेला-बेलामा कुरा गर्दा भन्थें हामी कहिले भेट्ने ? हामी कहिले भटने? अनि उनको उत्तर – भेटौला नी कुनै दिन समय मिलाएर | धरै दिन बित्यो हाम्रो भेटघाट गर्ने समय पनि जुर्न धरै गाह्रो भयो | फेरी हामी बोल्न छाडौ | एक दुई दिन राम्रो संग बोल्यो भने हामी महिना दिन सम्मान बोलिदैन थियो  | म पनि मेरो काम र उनि पनि आफ्नो काममा ब्यस्थ हुन्थौ| अचानक एकदिन फेरी हामी बोलाऊ अनि मैले पुन: त्यहि कुरा सोधे – हामी कहिले भेट्ने ? उनको उत्तर – हुन्छ भेटौला नी त अब |

उनले त्यति भन्दा मेरो मनमा हर्षका बहरहरु पुन: जागेर आयो | फेरी मिठा-मिठा सपनाहरु देख्न पनि छाडिन | उनीसंग भेट्दा के कुरा गर्ने, कस्तो गर्ने, अनि कहाँ भेट्ने जस्ता कुराहरुले मेरो मनलाई शान्ति दिएन | हाम्रो भेट गर्ने भन्ने दिन नजिक आउदै गर्दा मलाई एक किसिमले डर हुन सुरु भयो | उसलाई भेट्दा म कस्तो देखिने हो ? भन्ने कुराले मलाई सतायो, अनि म आफ्नो सुन्दरताको खोजीमा सैलुन धाएँ, कपाल मिलाएँ, अनुहारमा कृतिम चमक भरें, बारम्बार ऎनामा हेरेर सुन्दरताको मुल्यांकन पनि आफै गरें, लाग्यो अरु दिनको भन्दा राम्रो भएछु | अझै पनि मेरो मनमा डरले डेरा नजमाएको त कहाँ हो र ?

भेट्ने दिन –उनीलाई भेट्न प्रतिक्षा गरिरहेको थिएँ, एक्कासी मेरो नजर आउदै गरेको उनि माथि पुग्छ, एक हातमा  Mobile अनि लम्कदै आइरहेको उनका लचक-लचक चालका साथ उनीसंग जब नजर जुध्छ, लाग्छ चिसो तलाउमा चुर्लुम्ब डुबिरहेको छु, हावाका गति संगै फर-फर गर्दैछन्, उनका काला लामा केश राशीहरु, आहा ! साचै त्यो केश राशी भित्र बिलिन हुन पाए | कृतिम सजकजले नसजीदा पनि साक्षात परी जस्तै लाग्यो |

शनिबारे दिन, चैते गर्मी पनि उस्तै, मनमा भयानक डर, फेरी उनीलाई हेर्छु, आनन्द हुन्छ, अनि बाटोमा रिक्सावाला, ठेलावाला, पैदलयात्री, सडक पेटीमा समान फिँजाएर बेच्न बसेका पसले, साइकलमा फलफूल बेच्नेहरू । यिनै न हुन्— काठमाडौंका आम दृश्य । अनि आगतविगतको गफगाफ गर्दै अघि बढौ – हाम्रो गन्तब्यमा | हरेक बहानाका कुरामा  आफुलाई साचो बनाउदै, रमाउदै गयौं  |केही समय सँगै बस्यौं | रुखको छहारीमा बस्दा हावाको गतिले सितलता थपिन्छ, अनि अक्सिजनको मात्राले फोक्सो भरेर आउँछ – अनि संसारिक आनन्दको महसुस हुन्छ | कहिले काही नजर जुद्धा मेरो खुसिको कुनै सिमा रहेन | लाग्यो पहिलो पटक भेट भएको जस्तो तर हैन, हामी कक्षा २ देखी १० सम्म संगै पढेको ! मात्र बीचमा भेटघाट नभएको  |


समय बित्दै गयो अब हामी छुटिने बेला आयो, मेरो मनमा एउटा नरमाइलो छायाको प्रतिबिम्बले छायो | एउटा किस्सा छ नी" भेट्नु नै छुट्नु हो " | त्यसपछि हामी आफ्नो-आफ्नो बाटो लाग्यौं | छुटेको ठाउँबाट घरसम्म आइपुग्दा मेरा मनमा धेरै नै कुराहरु खेल्न सुरु भयो, मन मस्तिकमा उसको मुस्कान, उसको चालले मेरो आखामा छपकै छाएको थियो, मात्र बाटोमा गन्तब्य लिएर म अघि बढीरहेको थिएँ | अनेक थरिका सपना, कल्पनाले मलाई सताईरह्यो | दिन बित्दै गयो, हामीहरु अब राम्रोसंग बोल्न सुरु गर्यौं | दैनिकी नजिक हुँदै गयौं, एक-अर्कालाई राम्रो साबित गर्दै गयौं, एक अर्कालाइ सहयोगको भावना पनि सिर्जना भयो, अब उनिले मलाई केही हद सम्मान विश्वास गर्न सुरु गरिन, यस्तै राम्रो-राम्रो दिन बित्दै गयो, Mobile  को चाटिंगबाट नै खुसि बढ्न सुरु गर्यौं,  थाहा नै भएन कुन बेला उनीले मेरो मनमा डेरा जमाइन | फेरी मेरो मनमा एकप्रकार सवाल खडा भयो – मायाँको मिठो परिभाषा लिने की नलिने भनेर ? अर्थात् मैले उसलाई भन्ने की नभन्ने मेरो मनको कुरा | फेरी पत्याउने हो की हैन ?, बिश्वास गर्ने हो की हैन ?, यस्तै-यस्तै सवालहरुले मलाई दैनिकी ब्युझायो | कहिले-काही त हिम्मत गर्छु, तर फेरी संसार नै मै माथि खस्यो जसरी अन्तरआत्मा देखिनै डर लाग्छ | मायाको सिंगो पन्नालाई कच्याककुचुक  पारेर राखेको छु |

जिन्दगीले मसंग हर-रोज परिक्षा लीईरहेको छ – म पनि फेल र पासको दोसाधमा अल्जीएर बसेको छु |

बचपनामा उनिसंगको सपना, आज पनि उनिसंगै देखि रहेको छु | फरक यति मात्र हो – पहिला सपना देख्ने अधिकार थियो, अहिले छैन |

खै कहिले सम्म हुने हो ? यो लुकाछुपी 

- पोषक बहादुर खड्का (Fret)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या