2026-07-24 08:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अमानवीय व्यवहार’ का कारण यमनमा आठ आप्रवासीको मृत्यु

वैशाख १९, दुबइ । युद्वग्रस्त मुलुक यमनस्थीत अस्थाई शिविरमा रहेका कम्तीमा आठ अफ्रिकी आप्रवासीको मृत्यु भएको छ । 

न्युनतम सेवासमेत नपाएर अत्यन्त अमानवीय दैनिकी भोग्न बाध्य भएकाले उनीहरुको मृत्यु भएको आप्रवासी मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार जनाएको छ । 

सो निकायले अरु हजारौँ पनि आधारभूत मानवीय सेवा समेत नपाएको अवस्थामा रहेकाले उनीहरुको जीवन पनि खतरामा रहेकोतर्फ ध्यानाकर्षण गराएको छ । 

आप्रवासीसम्वन्धी अन्तर्राष्ट्रिय संगठनले दिएको विवरण अनुसार राम्रो खानेपानी पनि नपाएकाले उनीहरूलाई झाडापखालाजन्य रोगहरु लागेको छ । 

विरामी भएकाहरूलाई देशको दक्षिणी क्षेत्रमा रहेको खाल्डुम अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् । 

मृत्यु भएकाहरूको विवरण बुधबारसम्मको हो भने मृत्यु भएकामध्ये अधिकांश इथियोपियाका रहेको जनाइएको छ । यमनको उत्तरी क्षेत्रमा सरकारी पक्ष र विद्रोहीका बीचमा द्वन्द्व रहेको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक