2026-08-26 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भीमदत्तमा प्रदेश स्तरिय मेयर कप सुरु

बैशाख २०, महेन्द्रनगर । आजदेखि कञ्चनपुरको भीमदत्त नगरपालिकाद्धारा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय दोस्रो मेयर कप पुरुष खुला प्रतियोगिता संचालन भएको छ ।

महेन्द्रनगरको खुलामञ्चमा जारी दोसो मेयर कपको सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्धघाटन गरे । खेलकुद क्षेत्रको विकासका लागि  गत वर्षबाट भीमदत्त नगरपालिकाले प्रदेश स्तरीय मेयर कप आयोजना गरेको थियो । 

मेयर कपको उद्घाटन गर्दैँ सामाजिक विकासमन्त्री सुवेदीले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले आयोजना गरेको प्रतियोगिता निकै महत्वपुर्ण रहेको बताए । उनले खेलाडीको माध्यमद्धारा राष्ट्रलाई अन्र्तराष्ट्रिय स्तरसम्म चिनाउने भएकोले क्षमतावान खेलाडी उत्पादनका लागि विभिन्न खेलकुद प्रतियोगिको आयोजना हुनु पर्ने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि खेल र खेलाडीको विकासका लागि नियमित रुपमा खेलकुद प्रतियोगता  सञ्चालन गर्ने योजना बनाएको उनको भनाई छ । साथै मन्त्री सुवेदीले आठौँ राष्ट्रिय प्रतियोगितामा पदक विजेता सुदूरपश्चिमका खेलाडीको हौसला बढाउन चाडैँ नै सम्मान कार्यक्रम गर्न लागेको समेत जानकारी गराए । 

त्यस्तै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रिय खेल भलिबलको विकाससँग सुदूरपश्चिमका स्थानीय तहबिच मैत्रिपुर्ण सम्बन्ध स्थापीत गर्न मेयर कप आयोजना गरिएको बताए । उनले प्रदेश स्तरीय प्रतियोगिताबाट क्षमतावान खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । साथै कप प्रतियोगिता सञ्चालनमा सव्भ एंव भव्य  रुपमा सफल पार्ने नगरवासीलाई आग्रह समेत गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग