२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन नेपालमा पाइने महंगा रक्सी

२० बैशाख २०७६, शुक्रबार ०९:५१

गरिब होस् वा धनी । दुबै वर्ग मदिराको नसामा झुम्ने प्रवृत्ति बढेसँगै नेपाली समाजमा मदिराको उपभोग बढ्दो छ । चाडबाड र नयाँ वर्ष त झन् मदिराको बढी प्रयोग हुने मौसम हो ।

पछिल्लो समय नेपालमा ब्राण्डेड मदिरा सेवन गर्नेहरुको संख्या बढ्न थालेपछि नेपालमा महंगा विदेशी ब्राण्ड भित्रिन थालेका छन् ।

नेपाली घरहरुमा बनाइने कोदोको लोकल रक्सी विश्वमै राम्रो मानिन्छ । तर, संभ्रान्त वर्गले मदिरालाई आफ्नो ‘स्टाटस मेन्टेन’ गर्ने वस्तुकारुपमा लिने गरेकाले देशमा अर्बौको विदेशी ब्राण्डेड मदिरा आयात हुने गरेको छ ।

दरबारमार्गस्थित ग्रीनलाइन लिक्वायर्स महंगा विदेशी मदिरा बेच्ने नेपालकै ठूलो डिलर हो ।

ग्रीनलाइनमा भएको सबैभन्दा महंगो रक्सी हो, फ्रान्सको कोन्याक कम्पनीले उत्पादन गरेको ‘क्यामुस केभ्यू ५.१५०’ । जसको नेपाली बजारमा ७५० मिलिलिटरको एक बोतलकै ४ लाख ९९ हजार ९ सय ५५ रुपैयाँ पर्छ । अंगुरको बोक्राबाट ४५ वर्ष लगाएर बनाइएको यो रक्सी ४५ वर्ष लगाएर एक लटमा ३/४ सय बोतलमात्रै उत्पादन गरिएको हो ।

मदिरा यस्तो चीज हो, जसको उत्पादन प्रक्रिया जति लामो भयो त्यति नै राम्रो मान्छि । र, उतिनै महंगो पर्छ । त्यसैले मदिरा प्रेमीहरु पुराना ब्राण्डेल ह्वीस्की तथा वाइनहरु जति महंगो भएपनि पिउन छाड्दैनन् ।

संसारभरका धनाड्यहरुबीच यसको लोकप्रिय छ । ग्रीनलाइनमा यो एक बोतलमात्रै छ । यसको बोतल पनि हातबाटै बनाइएको हो ।\

सय रुपैयाँदेखि पाँच लाखसम्म

ग्रीनलाइनमा सस्तोमा एक बोतलको १०० रुपैयाँदेखि महंगोमा ४ लाख ९९ हजार ९ सय ५५ रुपैयाँसम्म पर्ने चार सय ब्राण्डका मदिरा उपलब्ध छन् ।

त्यसैगरी, ग्रीनलाइनमा उपलब्धमध्ये फ्रान्सेली कोन्याक कम्पनीले उत्पादन गरेको लुई-१३औं अर्को महंगो मदिरा हो । यो मदिराको ७५० मिलिलिटरको एक बोतलकै साढे ४ लाख रुपैयाँ पर्छ । फ्रान्सेली राजा लुई १३ औंको नामबाट ब्राण्डिङ गरिएको यो मदिरा पनि विश्वभरका धनाड्यहरुबीच उस्तै लोकप्रिय छ ।

त्यस्तै, स्कटल्याण्डको जोनी वाकरले ३० वर्ष लगाएर उत्पादन गरेको ‘मास्टर कलेक्सन’ पनि अर्को महंगो रक्सी हो । यो ब्राण्डको ७५० मिलिटिरको एक बोतलको ४ लाख रुपैयाँ पर्छ ।

बेलायतकी महारानी एलिजावेथको जन्मोत्सवमा पार्टी रोयल सेलुट-६२ पनि महंगो रक्सी हो । त्यसको पनि ७५० मिलिलिटरको एक बोतलको ३ लाख ३ हजार रुपैयाँ पर्छ । सो पार्टीमा सो ब्राण्डको मदिरालाई पनि बेलायती सेनाले सेल्युट गरेका थिए ।

त्यसैगरी, ५० वर्ष लगाएर उत्पादन गरिएको आइरल स्काई मदिराको पनि एक बोतलकै १ लाख ५३ हजार रुपैयाँ पर्छ । त्यसैगरी ग्रीनलाइनमा फ्रान्स र स्कचमा उत्पादित, चिभार रिगल, एक्सट्र एलिगेन्स, इभिनिङ मुड, सिङ्गम मार्ट, ब्लू लेभ, ग्रीन लेभल, गोल्ड लेभल, रेड लेभल लगायतका दर्जनौ ब्राण्डेड र महंगा ह्वीस्कीहरु पाइन्छन् ।

कहाँबाट आउँछ मदिरा ?

नेपालमा फ्रान्स, स्कटल्याण्ड, अमेरिका, अष्ट्रेलिया, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका, भारत, चीनलगायतका दर्जनौं देशमा उत्दादन भएका दर्जनौ ब्रान्डेड रक्सी भित्रिने गरेका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा २ अर्ब २० करोड रुपैयाँ मूलय बराबरका १ करोड २८ लाख लिटर मदिरा आयात भएको थियो ।

वाइन पनि उस्तै महंगा

पछिल्लो समय वाइनको खपत बढ्दै गएको उत्पादक तथा वितरकहरु बताउँछन् । नेपालमा टुर ड्यूरोकमिलोन, बोटेडा एमरोन, इन्क्लेभल लगायतका ब्रान्डेड विदेशी महंगा वाइनहरु पाइन्छ । यस्ता वाइनहरु एक वोतलकै २० देखि ४० हजार रुपैयाँसम्म पर्छन् ।

तर, पछिललो समष्य नेपालमै उत्पादन भएका हिमुवा, डाँडाघरे, विग मास्टर, लगायतका वाइनहरु पनि निकै लोकप्रिय छन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै