२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रिमियर लिग: उपाधीका लागि आर्मी र न्यू होराईजन भिड्ने

२०७६, २० बैशाख शुक्रबार १३:५५

वैशाख २०, सुर्खेत | कर्णाली प्रिमियर लिगको उपाधिका लागि विभागीय टोली आर्मी र न्यू होराईजन बुटवल भिड्ने भएका छन ।दोस्रो सेमिफाईलमा आर्मीले अर्को विभागीय टोली एपीएफमाथि एक विकेटको रोमाञ्चक जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो ।८७ रनको सामान्य लक्ष्य आर्मीले १७ दशमलव ओभरमा ४ ‌ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो ।

खराव सुरुवात गरेको आर्मीकालागि सोमपाल कामी र जितेन्द्र मुखियाले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाएका हुन् । कामीले २२ बलमा ३१ रनको आक्रमण पारी खेल्दा मुखियाले १२ र रोहित कुमार पौडेलले पनि १२ रन जोडे ।एपीएफकालागि कमलसिंह ऐरी र यज्ञमान पुलामी समान २/२ विकेट लिए ।समूह चरणमा अपराजित रहेको एपिएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको हो ।


एपिएफकालागि सर्वाधिक ३० रन बनाउनु शरद भेषवाकरले ३० र  १९ रन जोड्नु  भएका  भुवन कार्की सहित तीन जना खेलाडि रन आउन भएका हुन् । एपीएफलाई सस्तैमा समेट्न आर्मीका सोमपाल कामीले निकै किफायति बलिङ गर्दै तीन ओभरमा १० रन दिएर तीन विकेट लिँदा सुसन भारीले दुई विकेट हात पारे ।

शुक्रबार भएको पहिलो सेमिफाईनलमा न्यू होईजनले आयोजक कर्णाली ११ लाई तीन विकेटले हराउँदै फाईनलमा प्रवेस गरेको हो । वर्षा र हावाहुरीको कारण १३ ओभरमा छोट्याइएको खेलमा ६३ रनको समान्य लक्ष्य न्यू होराइजनले ११दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । न्यू होराइजनका सुबेन्दु पाण्डेले १८ तथा  निश्चल चौधरीले १०, बिशाल सुनारले पनि अविजित १० रन बनाए ।कर्णाली ११ का किशोर महतोले ३ विकेट तथा प्रकाश जैसीले २ विकेट लिएपनि  जित दिलाउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको कर्णाली ११ ले कृष्ण कार्कीको सर्वाधिक ३३ रनसंगै ४ विकेट गुमाएर ६२ को  योगफल तयार गरेको हो । १७ रनमा ३ विकेट  कर्णालीकालागि  कार्कीले आक्रामक ब्याटिङ्ग गर्ने क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । न्यू  होराइजनका कप्तान  शक्ति गौचनले  तीन ओभरमा एक मेडन सहित मात्र ६ रन दिएर २ विकेट लिए । समूह चरणमा अपराजित रहदै राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीलाई हराएको  घरेलु टोली यो हारसंगै सेमीफाईनलबाटै बाहिरिएको छ।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उपबिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृस्ट बलर र ब्याट्सम्यानले समान २० हजार हात पार्ने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल