१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको नीति कार्यक्रम पछि कांग्रेस सभापति देउवाको यस्तो प्रतिक्रिया

२० बैशाख २०७६, शुक्रबार १७:२३

भीष्मराज ओझा | वैशाख २०, काठमाडौँ (रासस) | प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको भनी टिप्पणी गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि छैन भन्नुभयो । 

सभापति देउवाले भन्नुभयो, “धेरै कुरा अघिल्लो पटकको उल्लेख छ, नयाँ कुरा छैन ।” सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेको सन्दर्भमा उहाँले त्यसको सट्टा नेपाल सरकार भने पनि हुन्थ्यो भन्नुभयो । काङ्ग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई जनताका इच्छा र आकांक्षा पूरा गराउने भन्दा पनि पार्टीको चुनावी घोषणापत्र जस्तो आएको भनी टिप्पणी गरेको छ । नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका थुप्रै विषय उल्लेख गरिए पनि सम्पन्न गर्ने आधार नदेखिएको काङ्ग्रेसको आरोप छ । 

‘हाम्रो सरकार’ भनेको भए राम्रो हुन्थ्यो

काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदारले नीति तथा कार्यक्रममा नयाँ कुरा केही नभएको र पुरानोको निरन्तता जस्तो मात्र देखिएको आरोप बताउनुभयो । यसमा समय तोकेर धेरै विषय उल्लेख गरिए पनि कार्यान्वयन हुने आधार नदेखिएको उहाँको भनाइ थियो । 

नीति कार्यक्रममा केही राम्रो कुरा भए पनि धेरै विषयमा सपना बाढेकोजस्तो देखिएको भनी उहाँले टिप्पणी गर्नुभयो । ‘मेरो सरकार’ सम्बोधनका सम्बन्धमा नेता गच्छदारले भन्नुभयो, “हाम्रो सरकार भनेको भए राम्रो हुन्थ्यो, ‘मेरो सरकार’ भन्ने सम्बोधन राजाको शासनकालमा हुन्थ्यो, यसले जनताको भावनालाई समेट्न सक्दैन ।”

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानले ज्ञारेण्टी गरेका मौलिक अधिकारलाई नीति कार्यक्रममा सुनिश्चिता नगरिएको र सङ्घीयतालाई सवल बनाउने आधारशीला पनि नभएको भनी टिप्पाणी गर्नुभयो । 

प्रमुख सचेतक खाणले नीति तथा कार्यक्रमअनुसार ल्याइने बजेटले मुद्रा स्फीति बढ्ने र यसले झनै मूल्यवृद्धि तथा महँगी बढ्ने आरोप लगाउनुभयो । नीति तथा कार्यक्रम सबै जनताले अपनत्व गर्ने खालको नभई गफको पुलिन्दाजस्तो भएको उहाँको भनाइ थियो । 

नीति कार्यक्रमको समीक्षामा आत्म प्रशंसा मात्र

काङ्ग्रेस नेता गगनकुमार थापाले ‘मेरो सरकार’ भन्ने सम्बोधनले राष्ट्रपतिलाई विवादमा फसाउने र संस्थाप्रतिको मान सम्मान घटाउने गरी गम्भीर त्रुटि भएको धारणा व्यक्त गर्नुभयो । अघिल्लो आर्थिक वर्षमा सरकारले प्रस्तुत गरेको कार्यक्रमको समीक्षामा आत्मप्रशंसा मात्र भएको भन्दै नेता थापाले भन्नुभयो, “चालू आवमा जनता निराश भन्ने कही उल्लेख छैन, भ्रम अहङ्कार मात्र उल्लेख छ ।”

पूँजीगत खर्च कम भएको र राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसकेकोबाहेक अन्य कुनै पनि कमजोरी नभएको भनी नीतिमा उल्लेख भएको बताउँदै उहाँले  यसले सही दिशामा डोराउनु सक्दैन भन्नुभयो । 

सङ्घीयता कार्यान्वयनका सम्बन्धमा यो वर्ष फितलो भए पनि नीतिमा कही पनि सङ्घीयताको सन्दर्भमा कमजोरी रहेको उल्लेख नभएको उदाहरण दिँदै उहाँले ‘पाँच वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्छु भनेको सरकारले गएको वर्ष कति रोजगारी सिजर्ना गरे’ भन्दैन भन्नुभयो । नीति र कार्यक्रममा नयाँ कुरा केही नभएको र पुरानो कुराको निरन्तता मात्र रहेको भन्दै नेता थापाले झुटको र आश्वासनको पुलिन्दा हो भनी टिप्पणी गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी