2026-08-26 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्मीले जित्यो केपीएलको उपाधी, खेलकूद मैदान निर्माण गर्नु पर्नेमा जोड

वैशाख २१, सुर्खेत | कर्णाली प्रिमियर लिग दोस्रो संस्करणको उपाधी विभागिय टोली आर्मी क्लवले जितेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रिमियर लिगको शनिबार भएको फाईनलमा न्यू होराईजन बुटवललाई ५९ रनले हराउँदै साबिक बिजेता समेत रहेको आर्मीले उपाधिसंगै पाँच लाख रुपैयाँ हात पारेको छ।उपविजेता बनेको न्यू होराईजन बुटवलले भने दुई लाख रुपैयाँमा चित्त बुझाएको छ।

१४७ रनको लक्ष्य पाएको न्यू होराईजनले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो।टोलीकालागि बिशाल सुनार २६ र निश्चल चौधरीले १९ रन बनाउँदा राहुल प्रजापतिले १२ सुनिल धमलाले ११ रन बनाएपनि अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।बुटवललाई सम्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले तीन ओभर तीन बलमा ८ रन र सहाब आलमले तीन ‌ओभरमा १३ रन दिएर समान तीन तीन विकेट हात पारे ।

टस जितेर ब्याटिङ गरेको आर्मीले हरिबहादुर चौहानको ५६ रनको अर्धशकीय पारीसंगै ६ विकेट गुमार १४६ रन बनाएको हो।आर्मीका राजु रिजालले ३४ रन जोड्दा भिम सार्कीले सात बलमा तीन छक्का सहित अविजित २१ रनको आक्रमक पारी खेले । बुटवलका कप्तान शक्ति गौचन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै ५० हजार हात पारे ।आयोजक कर्णाली ११ का कप्तान रबिन्द्रजंग शाहीले उकृष्ट ब्याट्सम्यान र आर्मीका सुसन भारीले उत्कृष्ट बलर बन्दै समान २० हजार प्राप्त गरेका छन् ।

खेलकूद मैदान निर्माण गर्नु पर्नेमा जोड

कर्णालीमा खेल मैदान निर्माणका लागि सरकारको ध्यानाकर्षण हुनु पर्ने सरोकारवालाले बताएका छन् । १० दिन लामो केपीएलको दोस्रो संस्करण समापन समारोहमा बोल्दै नेपाल एथ्लेक्टिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले कर्णालीमा खेलमैदान नहुँदा खेलाडीहरुले खेल परिक्षण गर्न नपाएको भन्दै सरकारको ध्यान जानु पर्नेमा जोड दिए । पुर्व सासंद शाहले खेलक्षेत्रले कर्णालीलाई चिनाउने भएकाले खेलको विकास गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा सिम्ता गाँउपालिका अध्यक्ष कविन्दकुमार केसीले खेलक्षेत्रको विकासको लागी स्थानीय र प्रदेश सरकारसंगसगै हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । खेलकूदको विकास नहुँदा कर्णालीका खेलाडीहरु पछाडी परेको भन्दै  खेलकुदको विकासको लागि सबै एकजुट हुनुपर्ने बताए । सुर्खेत उपत्यका नगरबिकास समितिका अध्यक्ष नारायकुमार कोईरालाले कर्णालीमा क्रिकेट प्रतियोगिता हुनु गौरवको विषय भएको भन्दै आगामी दिनमा यस्ता प्रतियोगिता सञ्चालन गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग